मोरङ । मोरङको पथरीशनिश्चरे—९ मा स्थापित आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी प्रा.लि.ले नगरमा पहिलोपटक निर्माण सामाग्री उत्पादन सुरु गरेको छ ।

युवा व्यवसायी हेमन्त विष्ट र दीपक कार्कीको लगानीमा कन्सट्रक्सन कम्पनीले सीमेन्ट, गिटी, बालुवा लगायतबाट इन्टरलक इटा, टायल, कर्भ स्टोन, होम पाइप, विद्युतीय पोल, स्लाब, रेलिङ, गमला, रिङ लगायतको सामाग्री उत्पादन सुरु भएको हो ।

शनिश्चरे बजार उत्तरमा ६ कट्टा जग्गामा ३५ लाखको सुरु लगानीबाट कम्पनीले उत्पादन थालेको व्यवसायी हेमन्त विष्टले बताए । उद्योगको सोमबार९मंसिर—२० पथरीशनिश्चरे गनरपालिका प्रमुख दिलिपकुमार राईले मेसिन चलाएर उद्घाटन गरेका थिए ।

उद्योगले विभिन्न आकार र रंगको टायलहरु, रेलिङ, कभर स्टोन उत्पादन गर्ने विष्टले जानकारी दिए । नगरका उद्योग स्थापना भएपछि स्थानीय उपभोक्ताहरुलाई चाँडो र मूल्यमा पनि सहज हुने भएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here