काठमाडाैं । बम विस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा हालेर मारेकाे अभियोगमा जेल चलान भएका पूर्वमन्त्री तथा रौटहट-२ बाट निर्वाचित कांग्रेस सांसद मोहम्मद अफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन् ।

पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन् । २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएकाे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

२ मिनेट २४ सेकेन्डको भिडियोमा उनले यसो भनेका छन्ः

आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?
प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुर ? माननीयज्यूलाई हामी सम्मान गर्छौं । जय नेपाल, नमस्कार भनेका छौँ ।
आलम : (गाडीमा हात बजार्दै) हँ…यो जिल्लामा आग (आगो) लाग्छ, आग।

प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि ।
आलम : यो जिल्लामा आग लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस… (उनी आफ्नो मोवाइल फोन हेर्छन्)
प्रहरी : त्यसो भन्न मिल्दैन हजुर ।

आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले ।
प्रहरी : हैन माननीयज्यू ।
आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here