पाेखरा । समाजवादी पार्टीका उमेदवार धर्मराज गुरुङलाई मतदान गर्न लागि आग्रह गर्दै आइतबार पोखरा-१५ मा घरदैलो र टोलटोलमा चुनावी कोणसभा गरिएकाे छ ।

कालिका मन्दिर चौतारोमा आयोजित कार्यक्रममा वयोबृद्धा ८३ वर्षीया चिजकुमारी गुरुङले विजयीको शुभकामनासहित टिका, फूलमाला र खादा लगाएर प्रारम्भ गरिएको घरदैलो कार्यक्रम बिरेन्द्रचोक, राममन्दिर, पेन्सन क्याम्प, घलेचोक, खरबारी, नयाँगाउ, हरियोखर्क, बन विज्ञान क्याम्पस, प्रतिभा मार्ग, लक्ष्मी टोल लगायत क्षेत्रमा भएकाे हाे ।

घरदैलाेमा मतदातासँग गुरूङ

इन्जिनियर समेत रहेका उमेदवार गुरुङलाई विभिन्न टोलका आमाहरुले फूलमाला र खादाले स्वागत गर्दै विजयी गराउन आफूहरु जुट्ने प्रतिवद्धता व्यक्त गरे ।

उनलाई नयाँगाँउ, सेन्टमेरिज ट्याक्सी चोक, हरियोखर्क, लक्ष्मीटोललगायत क्षेत्रका आमाहरुले माला, खादा, फेटा, फुल लगायतले स्वागत सम्मान गरेका थिए ।

कार्यक्रमहरुमा गुरुङले आफ्नो समान कानुन, सुशासन, समृद्ध नेपाल निर्माणका लागि इमान्दारपूर्वक सेवक बन्ने बताए ।

उनले आइतबारको घरदैलो कार्यक्रम समापनका लागि लक्ष्मी मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै आफू जनताकाे सेवा गर्न राजनीतिमा क्रियाशील भएको बताए ।

काण्डैकाण्डमा मुलुकलाई डुबाउने, दुर्गतीमा धकेल्ने काम भइरहेकाे भन्दै उनले नेपालीले राजनीतिक अपराधीहरुलाई कडा कारबाही गर्न पहल गर्नुपर्ने बताए ।

उनले नेपाली भूमि मिचिदा सबै नागरिक राज्यकै पहलमा राष्ट्रियताका लागि लड्न तयार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here