इटहरी । इटहरी उपमहानगरपालिकाले महिला फुटबल खेलाडी उत्पादन गर्नका लागि प्रशिक्षण सुरु गरेको छ ।

उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले मुख्य प्रशिक्षक श्याम मानन्धरलाई बल हस्तान्तरण गरेर प्रशिक्षणको उद्घाटन गरेकी हुन् ।

उपमहानगरले एक महिने निःशुल्क छात्रा फुटबल प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षण कार्यक्रममा इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयका चालिस जना छात्राको सहभागिता छ ।

उनीहरुलाई दुई चरणमा प्रशिक्षण दिइने छ । सहभागी छात्राका लागि जर्सी र जुत्ता उपमहानगरले ब्यवस्था गरेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here