ललितपुर । ‘अलगमा अग्रज’को कात्तिक शृंखलामा अग्रज गायक तथा संगीतकार जीतेन राई प्रस्तुत भएका छन् ।

अलग आर्ट हबद्वारा शनिबार ललितपुरकाे सातदाेबाटाेमा आयोजित कार्यक्रममा गायक राईले ‘साउने भेल उर्लेर आउँदा’, ‘उराठै लाग्छ नि’, ‘मालिङ्गो काटी बिनायो बाजा’, ‘उड्दै आयो हवाइजहाज’, ‘भन्ज्याङ पारी यारी खोला’, ‘नाना छापारी’लगायत दर्जनभन्दा बढी कालजयी गीतहरु प्रस्तुत गरे ।

साे क्रममा उनले आफ्नो संघर्षकाे कथा सुनाउँदै अहिलेका नयाँ पुस्तालाई संगीत क्षेत्रमा अघि बढ्न प्रविधिले गर्दा पनि धेरै सहज भएको बताए ।

अलग आर्ट हबमा प्रशिक्षणरत विद्यार्थी एवं अन्य सहभागीहरुले राईलाई दुई घन्टा भन्दा बढी समय चाखपूर्वक सुनेका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here