इलाम । इलाममा एउटा दुर्लभ किसिमको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

इलाम नगरपालिका-१ नेपालटारमा राँके जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल घरको छानामाथि पुगेको छ ।

दुर्घटनामा परी सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।

दुर्घटनापछि उनीहरुको उद्दार गरी उपचारका लागि इलाम अस्पताल लगिएको छ । तीव्र गतिका कारण मोटरसाइकल उछिट्टिएर घरको छतमाथि पुगेको हो ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here