दार्चुला । दार्चुलाकाे नौगाँड गाउँपालिकास्थित जनहित माविमा अध्यन गर्ने सकुन्तला ठगुन्ना कुनै समय नेपालकै सबभन्दा कम उमेरमा राष्ट्रिय खेल खेल्ने खेलाडीका रुपमा चिनिन सफल भइन् ।

सकुन्तला एउटा नवप्रतिभाको रुपमा उदाउँदा दार्चुला जिल्ला खेलकुद विकास समितिले पनि आफ्नो सम्पति भन्दै गर्व गर्दथ्याे ।

तर, यहाँ प्रतिभाको भन्दा नातावाद कृपावादे गर्दा अहिले सकुन्तलाकाे भविश्य समेत अन्याैलमा छ । अझै पनि सकुन्तलाको चाहाना छ, देशकाे लागि खेल्ने ठूलो इच्छा छ । राज्यले भने कुनै चासाे नदेखाएकाे उनकाे गुनासाे छ ।

सकुन्तलाकाे गुनासाे उनकै शब्दमाः

२०६८ सालमा म कक्षा ८ अध्ययन गर्थेँ । म १२ बर्षकी थिएँ । मेरो पढाई राम्रै चलिरहेकाे थियाे । देशैभरि राष्ट्रिय खेलको छनोट चलिरहेको बेला दार्चुला जिल्लामा पनि छनोट हुँदै थियो । मलाई पनि जनहित मावि धुलिगाँडाबाट सरले लगेर जानुभयो । म जिल्ला हुँदै क्षेत्र हुँदै राष्ट्रिय खेलको लागि छनोट भएँ ।

मैले राष्ट्रिय खेलमा १० हजार मिटर दौडमा सूदुर पश्चिमबाट सहभागी भएर तृतीय स्थान हासिल गरेँ । देशैभरि सबभन्दा कम उमेरमा राष्ट्रिय खेल खेल्ने खेलाडीको प्रमाणपत्र पाएँ । तर, अहिले मलाई राज्यले पनि प्रमाणपत्रमै सिमित राख्यो ।

प्रमाणपत्र भित्तामा राखेरमात्र केही हुँदैन रहेछ । खेल खेल्न पनि आफ्नो मान्छे माथिल्लो ओहदामा हुनुपर्ने रहेछ । न त खेल खेलियो, न त पढ्न पाइयो । आजभोलि मेरो दैनिकी गाउँघरमा मेलापात बाहेक अरु केही छैन ।

पढाइभन्दा पनि तिम्रो भविश्य खेलमा छ भनेर भन्नेहरु अहिले कोही मन्त्रालयमा काम गर्छन् । तर, मेरो भविश्य गाउँघर मेलापातमै बितेको छ । त्यतिखेर मलाई आफ्नो छोरी हो भनेर भन्नेहरु पनि अहिले कहाँ पुगे । तर, मेरो अहिले दैनिकी नै मेलापात भएको छ । मेरो हात समातेर अन्तरवार्तामा बोलिरहँदा मैले दार्चुलाकै नभएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउँछु । मेरो छोरी भनेर नाम त कमाए तर मेरो भविश्य बर्बाद गर्यो ।

मेरो भविश्य बिगार्नमा दार्चुला जिल्ला खेलकुद बिकास समितिको ठूलो हात छ । मलाई बारम्बार विभिन्न क्लबबाट बोलाउँदा समेत मलाई दार्चुला जिल्लाकै गहना हो, क्लबमा सीमित हुने होइन राष्ट्रको लागि खेल्नुपर्छ भनेर मलाई क्लबमा आवद्ध हुन दिइएन ।

मैले पनि आफ्नै ठाँउबाटै अबसर पाइन्छ भने आफ्नो ठाँउ र राष्ट्रका लागि खेल्छु र राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमै चिनाउँछु भनेर सोचेँ । र, दार्चुलाकै लागि खेल्नमै नियमित अभ्यास गर्न थालेँ । मैले राष्ट्रिय खेलमा पदक जिते पनि अभ्यास गरेको थिएन । राष्ट्रिय खेल सुरु हुनुभन्दा एक हप्ता अगाडि मात्र अभ्यास गरेकी थिएँ । र, मलाई केही अनुभव थिएन । खाली दौडिनुपर्छ भन्ने मात्र । मलाई थाहा थियो मलाई प्रशिक्षणको खाँचो थियो ।

मैले दार्चुला जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मञ्जु बमलाई पनि बारम्बार अनुरोध गर्दा पनि मलाई प्रशिक्षणको आवश्यकता छ र मलाई अभ्यास गराउन पहल गरिदिन भनेर भन्दा पनि कुनै चासो देखाउनु भएन ।

कुनै अवसर आएको बेला आफ्नै नातेदारलाई अगाडि बढाउने प्रबृत्ति अन्त्य नहुन्जेल मजस्ता गरिबका छोराछोरीले खेल क्षेत्रमा अहिले पनि आफ्नो प्रतिभा देखाउन सक्दैनन् र गरिब सोझासाझाले खेल्ने अबसर पनि कहिले नपाउने रहेछ ।

3 COMMENTS

  1. के गर्नु बहिनी गरिब भएर जन्मनु पनि अबिसराप जस्तै भैसकेको छ हाम्रो देशमा । यहाँ राम्रा भन्दा हाम्रा ले बढि अबसर पाउँछन

  2. पर्तिभा हरू महलमा मात्र होइन गाऊँ का झूपडि बाट पनि ऊतपन हून सक्छ तर यो कूरा जबसम्म सरोकारवालाहरूलाई थाहा हूदैन तबसम्म यस्ता पतिभाहरू बिस्थाबित हन्ने छन ।

  3. अर्काको भरमा आफ्नो पेट भर्ने हरु यस्तै हुन्छन्
    अर्काको नाम बेचेर आफ्नो गुजारा चलाउने हरु
    सबै आफ्नो फाइदाको लागि सपना देखाउँछन् र अरूको भविष्य बर्बाद पार्छन।।।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here