मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा पनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको प्रहरी र नगरका जनप्रतिनिधिहरुले बताएका छन् ।

शुक्रबार पथरीको इलाका प्रहरी कार्यालय पथरीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बक्ताहरुले सो विषयमा चिन्ता ब्यक्त गरे । पञ्चायत उच्च माविका शिक्षिका मेनुका राईले १०-११ बर्षकै उमेरदेखि लागू औषध प्रयोग र यौनिक मनोरञ्जनमा विद्यार्थी लाग्ने गरेको बताइन् ।

विद्यार्थीहरुले घरबाट हिड्ने बेला स्कुल पोसाक लगाएर अर्को जोर लुगा लिएर हिड्छन् । केहीबेर स्कुल बसेर क्याजुवल ड्रेस लगाएर जंगल पसेर लागू औषध प्रयोग र यौनिक मनोरञ्जनमा लाग्ने गरेको शिक्षिका राईको भनाइ छ ।

पथरी बजार उत्तरपूर्व र पश्चिममा जंगल क्षेत्र पर्दछ । विद्यालय समयमा कैयौ विध्यार्थीहरु जंगलभित्र यौनिक क्रियाकलापमा ब्यस्त भेटिने गरेको शिक्षिका राईले बताइन् ।

पञ्चायत मावि नजिकै सुन्दर सामुदायिक वन क्षेत्र पर्दछ । त्यहाँ लागू औषध प्रयोग गरि फालिएको सिरिन्ज, औषधिको खोलहरु र प्रयोग भएका कण्डमहरु प्रशस्त भेटिने गरेको छ ।

इप्रका पथरीका प्रमुख लक्ष्मिराज अधिकारीले लागू औषध प्रयोगकर्ता घट्नु पर्नेमा बढ्दै गएकाेमा सबै लागेर न्युनीकरण गर्नुपर्ने बताए ।

नगर प्रमुख दिलिपकुमार राईले लागू औषध प्रयोगकर्ता घटाउन नगरले चाडै अभियान सञ्चालन गर्ने बताए । उपप्रमुख यमुना विष्टले न्यायिक समिति समाजको विकृतीविरूद्ध लागिरहेको बताइन् ।

पथरी बजारमा दिनदिनै ट्राफिक जाम पनि समस्या बन्दै गएको छ । बजारको सडकमै पसल राख्ने, ट्याम्पु, सिटी रिक्सा जहाँ पायो त्यही रोक्ने र ब्यापारिक सामान लोड अनलोड गर्दा बजारमा एक घण्टासम्म ट्राफिक जाम हुने गरेकोले त्यसतर्फ ध्यान दिनुपर्ने सहभागीहरुको सुझाव छ ।

सुरक्षा व्यवस्था मजबुद बनाउन हसन्ह र होक्लाबरीमा प्रहरी चौकी स्थापना गर्नुपर्ने, मुख्य सडकको कानेपोखरी र जय चौकमा प्रहरी पोस्ट स्थापना गर्नुपर्ने सुझाव छ ।

कार्यक्रमा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधिहरु, संघ/संस्थाको नेताहरु, शिक्षक र सामाजिक क्षेत्रको अगुवाहरुको सहभागिता रहेको थियो ।

मोरङ जिल्लाको सुरक्षा संवेदनशील क्षेत्रको रुपमा रहेको इलाका प्रहरी कार्यालय पथरीमा २०७६ असोज ७ गतेको मन्त्रीपरिषदको निर्णयले प्रहरी नयव उपरिक्षक (डीएसपी) को दरबन्दीमा ६० जना प्रहरी रहने व्यवस्था गरिएकाे छ ।

1 COMMENT

  1. दु:खद यो खबर साचै जमना खराबै भनौ कि गलत खै गाह्रो छ अभिभावकलाई!
    यो खराल लतको लागि सिभिल प्रहरीको खाचो छ निर्मुल गर्न को निम्ति।।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here