काठमाडौं । अग्रज गायक तथा संगीतकार जितेन राईको एकल सांगीतिक प्रस्तुती हुने भएको छ ।

अलग आर्ट हबले भोलि शनिबार (कात्तिक ३० गते) गायक राईको एकल प्रस्तुतीको आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रम ललितपुरको सातदोबाटोस्थित अलग आर्ट हबमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा गायक तथा संगीतकार राईले आठदेखि १० वटासम्म आफ्नाे पूराना गीतहरु सुनाउने छन् ।

पुख्याैली थलाे खोटाङकाे जालपा भए पनि उनी पाँचथरमा जन्मेका हुन् । उनका बाजे, बाबु खाेटाङबाट पाँचथर पुगेका थिए । तर १३ वर्षकाे उमेरमा पाँचथरबाट झापा झरेका उनी हाल ललितपुर निबासी हुन् ।

कार्यक्रममा उनले संगीत क्षेत्रका नयाँ पुस्तालाई आफ्नाे सांगीतिक अनुभव समेत सुनाउने छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here