–निनाम कुलुङ ‘मंगले’

नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा लगभग एकसय आठ वर्षदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले विसं २०६२÷०६३ को जनआन्दोलन–२ को राजनैतिक परिवर्तपछि (विसं २०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल’ शीर्षकमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्नका लागि ‘बहुभाषिक पृष्ठ’ सुरुवात गर्यो ।

त्यसका लागि गोरखापत्र दैनिक, गोरखापत्र संस्थान र त्यसबेला संंस्थानको महत्वपूर्ण विभागमा रहेर नेपालका विभिन्न जातजातिको मातृभाषामा सामग्री प्रकाशित गर्नका लागि सकारात्मक पहल गर्ने व्यक्तित्वलाई धन्यवाद दिनै पर्छ । वास्तवमा राज्यले गर्नुपर्ने यो काम गोरखापत्र दैनिकले गरेको छ । ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ‘लाई सकारात्मक रुपमा लिदै बाँकी रहेका भाषाहरुमा पनि क्रमशः सामग्रीहरु प्रकाशित हुँदै जानेछ भन्ने आशा गर्न सकिन्छ ।

राष्ट्रिय जनगणना विसं २०६८ को तथ्यांकअनुसार नेपालमा एकसय २५ भाषा बोलिने भए तापनि गोरखापत्र दैनिकले हालसम्म ३६ (अहिले अरु बढ्यो कि ?) भाषामा मात्रै सामग्री प्रकाशित गर्दै आएको छ । तर, दुःखका साथ भन्नु पर्दा बहुभाषिक पृष्ठमा विगतदेखि प्रकाशित हुँदै आएको केही भाषाका सामग्री हेर्दा कतै नेपालका जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृतिलाई स्थान दिने नाममा दुरुपयोग भएको त छैन ? मातृभाषाको नाममा फगत राजनीतिकरण भएको त छैन ? प्रश्न उठाउन सकिने प्रशस्त आधाहरु छन् ।

किनभने, गोरखापत्र दैनिकले हरेक जनगणनामा उल्लेख भएको र नेपालका भाषा विज्ञहरुले विगत लामो समयदेखि अध्ययन गरेको र, प्रायः सबै अध्येताहरुले कुलुङ भाषा भनी उल्लेख गरेको कुलुङ भाषामा भने विगत लामो समयदेखि (बहुभाषाको पृष्ठ सरु भए देखि नै) गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रवन्धक ज्युहरुसँग समन्यय गरेर, पत्र लेखेर कुलुङ भाषाका लागि अलग्गै पृष्ठ माग गर्ने काम भएको हो÷छ । तर, हाल १ नम्बर प्रशदेशको मुख्यमन्त्री हुनु भएका माननीय शेरधन राई सूचना तथा सञ्चारमन्त्री हुँदा बान्तावा भाषाले गोरखापत्रको बहुभाषिक पृष्ठमा सुटुक्कै अलग्गै पृष्ठ पायो । तर, कुलुङ भाषाले … । यसरी हेर्दा सत्ता र शक्तिको भरमा गोरखापत्र दैनिक पनि लाचार बन्न गएको देखिन्छ ।

अहिलेको लोकतन्त्र र गणतन्त्रको यो युगमा, त्यसमाथि पनि नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट संविधान भएको देश नेपालमा कुनै जाति वा भाषामाथि विभेद हुनु भनेको वास्तवमै दुःखद पक्ष हो, होइन र ?
त्यसो भए तापनि विसं २०७३ असार १ गतेदेखि संस्कृत भाषामा, विसं २०७३ काक्तिक २७ गतेदेखि बान्तावा भाषामा, विसं २०७३ फागुन १७ गतेदेखि खस (जुम्ली) भाषामा (पछिल्लो समयमा अरु भाषाहरु थपिएको हुन सक्छ) गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठमा अन्य स्वतन्त्र भाषासरह अलग्गै पृष्ठमा सामग्री प्रकाशित हुन थालेको छ । जुन कामलाई हामी सबैले राम्रै मान्नुपर्ने हुन्छ । त्यसबाहेक मारवाडी भाषा, मुगाल भाषा, मेचे भाषा, मगही भाषा लगायत अन्य भाषामा पनि गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठमा (अलग्गै पृष्ठ) सामग्री प्रकाशित हँुदै आएको छ । निश्चय नै यो धेरै राम्रो पक्ष हो ।

हुन त कुलुङ जातिका बारेमा कुरो गर्दा कुलुङ त राई ! नै होइन र ? भनी प्रश्न गर्ने गरिन्छ । तर, कुलुङ राई नभएर कुलुङ जाति हो । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने कुलुङ मातृभाषीको वक्ता संख्याचाहिँ ३३ हजार १ सय २८ रहेको छ । त्यस्तै माथि नै एक प्रसंगमा उल्लेख गरेझैं देशी÷विदेशी (दुवै क्षेत्रका) खोज–अनुसन्धानकर्ता र विद्धानहरुले गरेको हरेक भाषिक सर्वेक्षण र, राज्य आफैले १०–१० वर्षमा गर्ने गरेको राष्ट्रिय जनगणनामा पनि कुलुङ भाषा कुनै जातिको उपभाषिका हो नभनेर अलग्गै र सार्वभौम सम्पन्न भाषा नै हो भनी आएका छन् । मान्याता दिँदै आएका छन् । तापनि यहाँ कथित ‘राई’ जाति र राई भाषाको नाममा राजनीति भइरहेको छ ।

हुन त गोरखापत्र दैनिकले सुरुमै कुनकुन आधारमा र कसरी सम्बन्धित भाषाभाषीको सामग्रीहरु छाप्ने ? भनी मापदण्ड तयार गरेको भए धेरै राम्रो हुन्थ्यो । जस्तै गोरखापत्रको बहुभाषा पृष्ठका संयोजकले कति पढेको हुनु पर्ने ? कुनै पनि मातृभाषाको पृष्ठ संयोजकले मातृभाषा जानेको हुनुपर्ने कि नपर्ने ? (किनभने, हालसम्म ‘एक जाति राई !, बहुभाषी राई !’ भनेर भन्दै आएको समूहका मान्छे जो कथित् राई ! भाषाको पृष्ठ संयोजक छन्, उनले आफ्नाे मातृभाषा नै जान्दैनन्) बहुभाषाको पृष्ठ संयोजकले आफ्नाे मातृभाषा नै जान्दैन÷बुझ्दैन भने उसले अरुको भाषा कसरी जान्दछ÷बुझ्दछ ? भन्ने लगायतका बारेमा प्रस्टसँग मापदण्ड बनाउनुपथ्र्यो ।

यसरी हेर्दा गोरखापत्रमा बहुभाषिक सामग्री आउनु आफैमा राम्रो भए तापनि कडाईका साथ रेखदेख गर्ने निकाय नभएर पनि होला, बहुभाषाको नाममा कतिपय अवस्थामा मनपरी नै भैरहेको देखिन्छ । कतिसम्म भने, कतिपय भाषाका पृष्ठ संयोजकले आफ्नो मातृभाषा नै जानेको हुँदैन । जस्तो राई भाषाको पृष्ठ संयोजकलाई उदाहरणका रुपमा लिन सकिन्छ । किनभने, राई भाषाका पृष्ठ संयोजकले लेखेको आफ्नो मातृभाषा (चाम्लिङ !) को सामग्री सहसंयोजक (तिलक राई) ले उल्था गरेका थिए । (प्रमाणका लागि २०६४ असोजको कुनै अंंक हेर्नोस् ।) अर्को कुरो आफ्नै स्वतन्त्र अस्तित्व भएको भाषाहरुको पछाडि ‘राई’ शब्द झुन्ड्याएर जस्तै थुलुङ राई, बाहिङ राई भनेर छापिने सामग्री ती राई भाषाका पृष्ठ संयोजकले कसरी बुझ्लान् ? भन्ने प्रश्न पनि छँदैछ । अझ आफ्नाे मातृभाषा नै नबुझ्ने पृष्ठ संयोजकले अरुको मातृभाषाको सामग्रीले सम्बन्धित जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, जीवन शैली आदिको बारेमा के लेखेको छ ? के बोलेको छ् ? कसरी थाहा पाउने ?

त्यसैले गोरखापत्र संस्थान तथा गोरखापत्र दैनिकको टिमलाई यो पंक्तिकारको सुझाव के छ भने, यदि गोरखापत्र दैनिकमा प्रकाशित हुने बहुभाषिक पृष्ठ अर्थात् नयाँ नेपालको पृष्ठ संयोजकले आफ्नो मातृभाषा जान्नु नपर्ने हो भने किन गोरखापत्र संस्थानलाई आर्थिक रुपमा अनावश्यक व्ययभार मात्रै थोपर्ने ? त्यसको सट्टा गोरखापत्र दैनिककै कुनै शर्मा, उपाध्याय, पण्डित, क्षेत्री, श्रेष्ठ वा अरु कोहीलाई बहुभाषा पृष्ठ संयोजन गर्न दिनुहोस् !

जस्तै गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठमै छापिएको सामग्रीको कुरो गर्दा विसं २०६४ चैत १५ गतेको राई भाषाकै पृष्ठमा गणेश राई ‘चिन्तन’ भन्ने मान्छेको लेखमा वृद्ध शेर्पा–शेर्पेनी (जोडीद्धय) ले माने घुमाउंँदै गरेको फोटो छापिएको थियो (सो दिनको गोरखापत्र हेर्नुहोस्) । त्यो के हो ? शेर्पाको बारेमा राई ! ले लेखेको लेख हो कि ? … त्यस्तै विसं २०६६ जेठ ९ गतेको शेर्पाभाषाको पृष्ठमा अंग्रेजी भाषामा सामग्री छापिएको थियो । उता विसं २०६४ चैत २१ गते राउँत भाषाका सामग्री भनेर पहिलो पृष्ठमा भनिएको भए तापनि भित्रको सामग्रीचाहिँं उरांँव भाषाको थियो । त्यसो त माघ १, २०७३ मा पनि माथि संस्कृत भाषा भनिएको भए तापनि तल मगर भाषाको सामग्री छापिएको थियो । त्यस्तै राई ! भाषा भन्दै आएको पृष्ठलाई पनि माघ ३, २०७३ मा चाहिँ चाम्लिङ राई ! भाषा भनिएको थियो । यसरी हेर्दा बहुभाषाको नाममा एक किसिमले मनपरी नै भएको देखिन्छ । यसलाई सामान्य मानवीय गल्ती मात्रै मान्ने ? प्रश्न छँदैछ ।

त्यसैले अबका दिनमा गोरखापत्र दैनिकमा बहुभाषामा सामग्री आउँंदा गोरखापत्रको व्यवस्थापन पक्षले बहुभाषाको नाममा मनपरी हुन दिनु हुँदैन । किनभने, गोरखापत्र दैनिकमा बहुभाषामा प्रकाशित सामग्रीहरु भनेको भोलि इतिहासमा अभिलेखीकरण पनि हुने हो । त्यसैले गोरखापत्र दैनिक जस्तो पुरानो र लामो इतिहास भएको पत्रिकाको ईमान–जमान, विश्वसनीयता र पारदर्शिताका निम्ति पनि सम्बन्धित गोगरापत्र दैनिकमा प्रकाशित हुने हरेक भाषाका पृष्ठ संयोजकले कति पढेको ? वा नपढेको भन्दा पनि उसले कम्तिमा आफ्नो मातृभाषा जानेको होस्, भन्नेतर्फ सोच्नुपर्ने देखिन्छ । हन पनि एकछिन सोचौं त ! पृष्ठ संयोजकले नै आफ्नो मातृभाषा जान्दैन÷बुझ्दैन भने उसले कुन सामग्री कस्तो हो ? कतै प्रकाशित सामग्रीले सम्बधिन्त जातिको विरुद्धमा अफवाह पैmलने गरी पो लेखेको÷बोलेको छ कि ? अरु प्रति विद्धेष पो फैलाएको छ कि ? राज्य विप्लवको कुरो पो गरेको छ कि ? कसरी थाहा पाउँछ ?

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here