कांग्रेसका उम्मेदवार तिलक राई

धरान । मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरकाे मेयर पदका लागि २३ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानकाअनुसार मेयर पदमा नेपाली कांग्रेसबाट तिलक राई, नेकपाबाट प्रकाश राई,  समाजवादी पार्टीबाट गजेन्द्रबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन विश्वकर्माकाे उम्मेदवारी परेकाे छ ।

यसैगरी साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट एकराज सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)बाट भीमबहादुर लिम्बू र आमुल परिर्वतन मसिहा पार्टीबाट छत्रबहादुर विश्वकर्माकाे पनि उम्मेदवारी परेकाे छ ।

नेकपाका उम्मेदवार प्रकाश राई

धरानको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, विशाल थापा, हर्कराज राई, निदेश श्रेष्ठ, ऐलिसा राई, कुमार भटराई, अमृतकुमार राई, जनार्दन कोइराला, मनराज राई र रुद्र बस्नेत छन् ।

धरान- ७ मा पनि रिक्त पद रहेकाेले वडा अध्यक्षमा ४ जनाकाे उम्मेदवारी परेकाे छ ।

समाजवादीका उम्मेदवार गजेन्द्रबहादुर लिम्बूकाे प्रचार

जसमा नेकपाबाट जीवनराज सुवेदी, नेपाली कांग्रेसबाट सुवर्णमोहन पलिखे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट निता राईले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here