काठमाडौं । नेपालका नक्कली कम्युनिष्ट र परम्परावादी कांग्रेस पार्टीको विकल्प बन्दै गएको समाजवादी पार्टीप्रति जनसमर्थन बढ्न थालेको छ ।

समुन्नत लोकतान्त्रिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न चाहने कम्युनिष्टहरु समेत समाजवादीमा ध्रुवीकृत हुन थालेका छन् ।

बुधबार नन्दन यादव नेतृत्वको नेपाल समाजवादी पार्टी लोहियावादी सिंगै समाजवादीमा समाहित भएको छ ।

डा. राम मनोहर लोहियाको समाजवादको सिद्धान्त अनुसार अघि बढिरहेको उक्त पार्टी समाजवादी पार्टीको विधान र विचारप्रति सहमत जनाउँदै समाजवादीमा समाहित भएको हो ।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र यादवबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । जसमा समाजवादी पार्टी लोहियावादीका केन्द्रीय र जिल्ला तहका नेताहरुलाई सम्मानपूर्वक स्थान दिने र आपसी समझदारीमा मिलाउने उल्लेख छ ।

दुई दलबीच एकता भएको पत्रमा उल्लेख छ ।

उनीहरुलाई समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वागत गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here