काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको एउटा फोटो अहिले सञ्जालमा भाइरल भएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईको फोटो फेसबुक र ट्वीटरमा शेयर भइरहेका छन् ।

समाजवादी पार्टीका नेता–कार्यकर्ताहरुले आफ्नाे पार्टी गत्तिलो देखाउने आशयका समाचार फेसबुकमा शेयर गर्दा अन्य पार्टीका कार्यकर्ताहरुले भने भट्टराईले पिर्के सलामी लिइरहेको फोटो कमेन्टबक्समा राख्ने गरेका छन् ।

राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले पनि भट्टराईको पिर्के फोटो देखेपछि आश्चर्यसहितको ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘ए गाँठ्ठे बाबुराम पनि पिर्के सलामीमा ? सकियो त ।’

अर्जुन आचार्यले भट्टराईको उक्त फोटो ट्वीट गरेका थिए । उनले पिर्के सलामी भेटाइयो पूर्व कामरेड’ भन्दै फोटो शेयर गरेका थिए ।

तर भट्टराईको उक्त पिर्के सलामी कहिले कहाको भन्ने प्रष्ट छैन ।

सामाजिक सञ्जालमा भने भाइरल भइरहेको छ । यसले भट्टराईलाई पनि उही पिर्के सलामी खाने नेकपाका नेताहरुको लाइनमा उभ्याएको छ ।

नेकपाबाट निर्वाचित भएका कतिपय स्थानीय तहका जनप्रतिनिधिदेखि, प्रदेश र प्रतिनिधि सांसदहरुले समेत पिर्के सलामी लिएको फोटो यसअघि भाइरल भएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here