काठमाडाैं । पुरुषको सफलताको पछि नारीको हात हुन्छ । खराब बानी भएकी श्रीमती वा नारी छिन् भने पुरुषले सफलता पाउन गाह्रो हुन्छ भनिन्छ ।

असल नारीले घरपरिवार सुखी हुन्छ । घर नै स्वर्ग हुन्छ भन्ने गरिन्छ । त्यसो भए असल नारीका गुणहरु के के हुन् त ?

– जुन नारी मीठो बचन बाेल्छिन् जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ ।

– कुनै पनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावान, दयावान र कर्तव्यपालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्गसमान हुन्छ ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचाजस्तै हुन्छ ।
– जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छिन् भने त्यो घरमा पनि देवताका बास हुन्छ ।
– अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।

– जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदम आनन्ददायी हुन्छ ।

– पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झगडा पर्दैन । एजेन्सी

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here