ललितपुर । गोर्खाज फाइनान्स आइतबारदेखि २५औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा गोर्खाज फाइनान्सले सामाजिक दायित्वअन्तर्गत दुईवटा विद्यालयलाई ८५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले मातातिर्थस्थित सेतीदेवी प्राथमिक विद्यालयलाई ५० हजार र भिमसेनगोला माध्यमिक विद्यालयलाई ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष राईले फाइनान्सले थप प्रगति गर्दै उत्कृष्ट फााइनान्सका रूपमा स्थापित गर्ने प्रतिवद्धता जनाए । यस्तै, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले गोर्खाज फाइनान्सलाई उत्कृष्ट फाइनान्स बनाउने प्रतिवद्धता व्यक्त गरे । आफ्नो व्यापार बिस्तार गर्न शाखा बिस्तार गर्ने योजना पनि अघि सारे ।

सो अवसरमा गोर्खा समूहका संयोजक पुरञ्जन राईले गोर्खा फाइनान्सले थप नाफा कमाउँदै विकास बैकका रूपमा अघि बढाउने योजना साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा फाइनान्सका वरिष्ठ प्रवन्धक मुकुन्द श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा साल्पा विकास बैकका अध्यक्ष रविन राईले गोर्खाज फाइनान्ससित सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
राष्ट्रिय स्तरको गोर्खाज फाइनान्सले सातवटै प्रदेशमा २३ शाखाबाट सेवा प्रवाह गरिरहेको छ ।

फाइनान्सले आधुनिक वित्तीय सेवाहरू मोवाइल तथा इन्टरनेट बैङ्किङ, आइपीएस सेवा, डेबिट कार्ड, सि(आस्वा जस्ता सेवाहरू सरल रूपमा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here