काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा पठनपाठन अवरुद्ध भएकोमा किरात राई विद्यार्थी संघले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष रामचन्द्र राई र महासचिव अञ्जिलहाङ किरातीले शनिबार प्रेस विज्ञप्ती जारी गरी मातृभाषा शिक्षा विरुद्ध कदम नचाल्न सबैमा आग्रह समेत गरेका छन् ।

‘फाल्गुनन्द गाउँपालिका वडा नं ४ बस्ने वर्ष ३४का इन्द्रकुमार नेम्बाङले उच्च अदालत विराटनगर इलाम इजलासमा चढाएको निवेदनको कारण राई भाषासँगै अन्य भाषा पठनपाठनमा अवरोध भएकोप्रति किरात राई विद्यार्थी संघको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘मातृभाषा शिक्षा विरोधी कदम नचाल्न सबैमा अनुरोध गर्दछौं । यदि कुनै पनि किसिमको बहानामा मातृभाषा शिक्षा पाउने हकविरुद्ध यस्ता हर्कत दोहोरीरहेमा किरात राई विद्यार्थी संघ सबैखाले आन्दोलन अगाडि बढाउन तयार रहेको जानकारी गराउँन चाहान्छौ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here