काठमाडौं । किरात राई यायोक्खाले पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा पठनपाठन अवरुद्ध भएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ ।

यायोक्खाका महासचिव जनक राईले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी उक्त विषयप्रति आपत्ति जनाएका हुन् । फाल्गुनन्द गाउँपालिकामा मातृभाषाको पठनपाठन यथासक्य सञ्चालन गर्न माग पनि गरिएको छ ।

‘फाल्गुनन्द गाउँपालिकामा मातृभाषामा सञ्चालन भइरहेको पठनपाठनलाई अवरुद्ध गरिएको घटनाप्रति किरात राई यायोक्खाले गम्भीर ध्यानाकर्षण गर्दै घटनाको घोर निन्दा गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘बहुभाषिक नेपालको विविध भाषाको संरक्षण गर्ने पहिलो दायित्व सरकार र सरोकारवाला निकायको हो । फाल्गुनन्द गाउँपालिकामा सञ्चालित मातृभाषा पठनपाठन कार्यलाई यथासक्य सुचारु गर्न गराउन सरोकारवाला सबै पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछौ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here