धरान । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि समाजवादी पार्टीले धरानमा घरदैलो कार्यक्रम सुरु गरेकाे छ । धरान उपमहानगरपालिकाकाे मेयरमा समाजवादीले भूपू गाेर्खा सैनिक गजेन्द्र इस्बाेलाई उम्मेद्वार बनाएकाे छ ।

घरदैलो कार्यक्रम धरान उपमहानगरको १६ नम्बर वडाबाट गरिएकाे हाे । घरदैलो कार्यक्रम लगातार गरेर मंसिर ८ गते सकिनेछ ।

मंसिर ९ गते भानुचोकमा चुनाबी सभा गर्ने तयारी गरिएको घरदैलो कार्यक्रम संयोजक कृष्ण लिम्बुले बताए ।

कात्तिक २४ गते ११ नम्बर वडा, २५ गते १७ र १८, २६ गते १९ नम्बर, २८ गते १३ र २९ गते १४ नम्बरमा हुनेछ । त्यसैगरी ३० गते वडा नम्बर ६, मंसिर १ गते वडा नम्बर ५, मंसिर २ गते वडा नम्बर १५ वडा नम्बर २० मा ३ गते वडा नम्बर ४ मा मंसिर ५ गते वडा नम्बर ७ र ३ त्यसैगरी ६ गते वडा नम्बर ८ मा हुनेछ भने ७ गते वडा नम्बर ९, १०,१२ मा घरदैलो कार्यक्रम हुनेछ ।

मंसिर ८ गते वडा नम्बर १ र २ मा हुनेछ । चुनाब आफ्नो पक्षमा बनाउनका लागि समाजवादीले २२ सदस्यीय सचिवालयसहित १९ उपसमिति गठन गरेकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here