भारतमा एकजना व्यक्तिको अण्डा खाने बाजीले ज्यान गएकाे छ ।

भारतको उत्तरप्रदेशस्थित जयपुरमा ५० वटा अण्डा खाने बाजी परेकाे थियाे । ४२ वर्षका सुभास यादव नामका व्यक्तिले ५० वटा उमालेकाे अण्डा लगातार खाएर सक्ने बाजी थापे आफ्ना साथीसँग ।

यदि ५० वटा अण्डा खान सकेमा सुबासले २ हजार भारु जित्ने थिए । सुबासका साथीले ५० वटा उमालेका अण्डा किनेर सुबासलाई खान दिए ।

सुबासले कपाकप अण्डा खान सुरु गरे । ४१ वटासम्म अण्डा उनले सरासर खाए । तर जब ४२ औं अण्डा मुखभित्र हालेका मात्र के थिए उनी अचेत भएर लडे ।

स्थानीयकाे सहयोगमा उनलाई तत्काल जिल्ला अस्पताल लगियो । तर अस्पतालमा उनलाई डाक्टरहरुले बचाउँन सकेनन् ।

उनकाे मृत्युको खास कारण के हो ? भन्ने पत्ता लागि नसकेको भए पनि डाक्टरहरुलेचाहिँ अत्यधिक अण्डा खाएका कारण उनको मृत्यु भएको हुनसक्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here