काठमाडौं । काठमाडौं उपत्यकामा रहेको खुला क्षेत्र टुँडिखेल दिनानुदिन अतिक्रमणमा परी साघुरो भइरहेको भन्दै उपत्यकाबासीले अब हरेक शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान चलाउन थालेका छन् ।

शनिबार टुँडिखेल खुलामञ्च क्षेत्रमा उपत्यकाबासीले प्रदर्शन गरेका छन् । टुँडिखेल परिपरि मानव साङ्लो बनाएर सार्वजनिक खुला क्षेत्रको संरक्षण गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो ।

उक्त कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, नेकपाका नेता तथा पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान लगायत नेताहरुको सहभागिता थियो ।

सार्वजनिक ठाउँ अतिक्रमण हुन नदिने उद्देश्यले नागरिकस्तरबाट अकुपाई टुँडिखेल’ अभियान सुरु गरिएको कार्यक्रमका संयोजक विजय श्रेष्ठले बताए ।

टुँडिखेल अतिक्रमणमा सरकारकै संलग्नता रहँदै आएको छ । यसअघि खुलामञ्चभित्र बसपार्क बनाउनका लागि कालोपत्रे गरिएको थियो, तर स्थानीयले विरोध गर्दै भर्खर कालोपत्रे गरिएकोमा बस गुडाइएको थियो । जस्ताले बारिएको संरचनाहरु भत्काइएको थियो ।

संयोजक श्रेष्ठकाअनुसार तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here