काठमाडौं । समाजवादी पार्टीका विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले शुक्रबार लैनचौरस्थित भारतीय दुतावासअगाडि भारतको नक्सा जलाउँदै प्रदर्शन गरेको छ ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नाे देशको नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि सोविरुद्ध नेपालमा व्यापक जनआक्रोश पैदा भइरहेको बेला विद्यार्थीहरुले दुताबासअघि पुगेर भारतको नक्सा जलाएका हुन् ।

सो क्रममा उनीहरुले ‘लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, अतिक्रमित भूभाग फिर्ता गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले भने, ‘हामीले भारतको नयाँ नक्सा जलाएका छौं । उक्त नक्सा नसच्याएसम्म हाम्रो संघर्ष जारी रहन्छ ।’

भारतको विस्तारवादी चरित्रविरुद्ध शुक्रबार नै त्रिवि केन्द्रीय क्याम्पस परिसरमा पनि समाजवादी पार्टीका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here