झापा । नेपाली कांग्रेसका नेता गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै उनले साे कुरा बताएका हुन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो’, पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ ।’

सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रतिपक्ष कांग्रेस लगायत आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमै आएर धारणा व्यक्त गरिसकेका छन्’, उनले भने, ‘तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here