काठमाडौं । भारतले नेपालको कालापानी र लिपुलेक आफ्नाे देशको नक्साभित्र पारी नयाँ नक्सा सार्वजनिक गरेपछि आम नेपालीहरुमा भारतप्रति आक्रोश पैदा भइरहेको छ । सबै राजनीतिक दलका संगठन, विद्यार्थी, युवा र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विषयमा छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारस्थित आप्mनो निवासमा प्रमुख राजनीतिक दलका नेताहरुसँग सोबारे छलफल गर्नका लागि बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

उक्त बैठकमा पूर्व परराष्ट्रमन्त्रीहरुको पनि सहभागिता हुनेछ । बैठकले नेपाली भूमि अतिक्रमणबारे कसरी एक धारणा बनाउने र कुटनीतिक पहल गर्ने भन्ने विषय तय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here