काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित किताब ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ शुक्रबार काठमाडौंको बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।

लोकसत्ता मासिकले औपचारिक कार्यक्रमको आयोजना गरी उपप्रधान् एवं स्वास्थ्यमन्त्री समेत रहेका यादवको किताब सार्वजनिक गरेको हो ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपाका नेता दिनााथ शर्मा, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, प्रा. कृष्ण हाछेथु, अर्थशास्त्री डा हरिवंश झा, डा उमाशंकार प्रसाद, समालोचक डा मुक्ति रिजाल लगायतको उपस्थितिमा किताब सार्वजनिक गरिएको हो ।

यादवको किताबका बारेमा अध्यक्ष डा भट्टराई, वरिष्ठ नेता राई, सहअध्यक्ष श्रेष्ठ, राजनीतिक विश्लेषक प्रा केसी, डा मुक्ति रिजाल, डा उमाशंकर प्रसाद लगायतले टिप्पणी गरेका थिए ।

कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राई, नवराज सुवेदी, रकम चेम्जोङ, हिसिला यमी लगायत अन्य पदाधिकारी र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here