धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राईविरुद्ध बागी उम्मेदवार उठ्ने भएका छन् ।

तत्कालिन मेयर स्व तारा सुब्बाकी श्रीमती इन्दु सुब्बा राईले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिने भएकी छन् ।

स्व. सुब्बाका दाजु घनेन्द्र सुब्बा (एन्ड्रयु लिम्बू)का अनुसार नेकपाले मेयरको उम्मेदवार चयन गर्नुअघि इन्दुले पनि उम्मेदवार बन्ने इच्छा प्रकट गरेको पार्टीलाई जानकारी गराइएको भए पनि उपेक्षा गरिएको हो ।

घनेन्द्र सुब्बाले गत कात्तिक १५ गते नै नेकपा धरान उपमहानगर कमिटीलाई बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने बारे लिखित निवेदन दिएको उल्लेख गरेका छन् ।

उनले पार्टी अध्यक्ष नारायण सुवेदीको हातमा पत्र दिएउको भन्दै भने, ‘निवेदनउपर सुनुवाइका लागि छलफल समेत गरिएन, अध्यक्षज्यूले पत्र लिनुभो र पछि फाल्नुभो ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here