काठमाडाैं । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन ।

बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन ।

कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन् । त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन् ।

सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग परिवारसँग बिताउन दिइनेछ भन्ने खबर कान्तिपुर दैनिकमा छ ।

सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ । संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदैछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here