कास्की । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङले उम्मेदवारी दिएका छन् ।

बिहीबार समाजवादीका वरिष्ठ नेता अशोक राईसहितको उपस्थितिमा बृहत ¥यालीको आयोजना गरी गुरुङको उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।

पोखरा महानगरपालिका–१६ रिञ्जे नासा अर्मलामा जन्मेका गुरुङ भूतपूर्व ब्रिटिश गोर्खा सैनिक मात्र होइन, उनी एक कुशल इन्जिनियर समेत हुन् ।

गुरुङको उम्मेदवारी दर्ताका लागि काठमाडौंबाट वरिष्ठ नेता राई पोखरा पुगेका हुन् । गुरुङ समुदायको बसोबास रहेको सो क्षेत्रमा समाजवादी पार्टी बलियो स्थितिमा रहेको छ ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएपछि झन बलियो बनेको आकलन गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा नेकपाका तर्पmबाट विद्या भट्टराई उम्मेदवार भएकी छन् । कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार छन् ।

पहिचानको आन्दोलन र जनचेतना विस्तार भएसँगै गुरुङ बाहुल्यता भएको सो क्षेत्रमा आफूहरुको उम्मेदवार गुरुङ भएकोले पनि चुनावमा विजयी हुने समाजवादीको दाबी छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here