मोरङ । द भ्वाइस अफ नेपाल–२ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी मोरङ उर्लाबारीकी मेचु धिमाललाई जिताउनका लागि ‘मेचु धिमाल जिताऔ अभियान समिति गठन गरिएको छ ।

बिहीबार उर्लाबारीस्थित धिमाल जातीय विकास केन्द्रको आयोजनामा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा भिष्म बुढाथोकी, सचिवमा मातृका धिमाल, सहसचिवमा सविता धिमाल, अर्थ सचिवमा विजय धिमाल र प्रचार संयोजकमा तेजन खड्कालाई राखिएको छ ।

संयोजक भण्डारीले उर्लाबारीकी चेली मेचु धिमाल प्रतियोगिताको उच्च तहमा पुगेकोमा खुसी प्रकट गदै उनलाई भोट गर्न अपिल गरेका छन् । समितिले विभिन्न टोल, संघसंस्थाहरुसँग समन्वय गरी मेचुलाई जिताउन प्रयास गर्नेछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here