ललितपुर । किरात याक्थुङ चुम्लुङले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षाको पठनपाठन अवरुद्ध भएकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

चुम्लुङका अध्यक्ष योगराज वनेमले बिहीबार विज्ञप्ती जारी गरी मातृभाषा शिक्षा लागू गर्न गराउन सरकार, संघ, प्रदेश र स्थानीय तहका साथै सबै राजनीतिक दलहरुको कर्तब्य रहेको उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाउँपालिकाका सचिव समेत रहेका इन्द्रकुमार नेम्वाङले मातृभाषाका शिक्षक नियुक्ती प्रक्रिया गलत भएको भन्दै गाउँपालिकाविरुद्ध उच्च अदालत इलाममा रिट दायर गरेपछि अदालतले तत्कालका लागि शिक्षक नियुक्ती लगायत अन्य प्रक्रिया रोक्न आदेश दिएको छ ।

गत वर्षदेखि नै ९ वटा सामुदायिक विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गरेको गाउँपालिकाले चालू आर्थिक वर्षमा थप १६ वटा विद्यालयमा पनि मातृभाषा शिक्षा लागू गर्न लागिरहेको बेला मुद्दा परेको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here