काठमाडौं । पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाले लागू गरेको मातृभाषा शिक्षाको विषयलाई लिएर उच्च अदालत इलाममा मुद्दा दायर गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाउँपालिकाका सचिव इन्द्रकुमार नेम्वाङले गत कात्तिक ६ गते गाउँपालिकाका कार्यबाहक अध्यक्ष देवित्राकुमार आङदेम्बे, शिक्षा समिति संयोजक नारायणप्रसाद आङदेम्बे, प्रमुख प्रशासकीय अधिकृत अनिल खत्री लगायत ४४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको खुलेको छ । नेम्बाङले शिक्षा नियमावली विपरीत मातृभाषा शिक्षा लागू गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

गाउँपालिकाका सूचना अधिकारी सूचना अधिकारी राजेन्द्र भट्टराईले गाउँपालिकाका कार्यबाहक अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत ४४ जनाविरुद्ध मुद्दा परेको सार्वजनिकलाई बताए ।

४० वटा सरकारी विद्यालय रहेको फाल्गुनन्द गाउँपालिकामा गत आर्थिक वर्षदेखि ९ वटा विद्यालयमा मातृभाषा शिक्षा लागू भई पठनपाठन भइरहेको छ ।

यस वर्ष थप १६ वटा विद्यालयमा पनि मातृभाषा लागू गर्ने तयारी गरिएको र सोही क्रममा नै नेकपाका नेता नेम्बाङले गाउँपालिकाविरुद्ध मुद्दा दायर गरेको सूचना अधिकारी भट्टराईले बताए ।

राजेन्द्र भट्टराई

‘यस वर्ष थप १६ वटा विद्यालयमा पनि मातृभाषा शिक्षा लागू गर्ने भनेर गाउँसभाले नै निर्णय गरेर प्रक्रिया अघि बढाइएको थियो । जसमा १६ वटै विद्यालयले मातृभाषा शिक्षाका लागि शिक्षक नियुक्तीको विज्ञापन पनि गरे, आवेदनहरु पनि परे । तर ७ वटा विद्यालयले नेम्बाङको कुरा सुनेर शिक्षक नियुक्तीको छनोट परीक्षामा सामेल भएनन्,’ भट्टराईले भने, ‘पक्रिया जारी रहेकै बेला मुद्दा परेको छ, मुद्दा हाल्ने पक्षले गाउँपालिकाले आप्mनो मान्छे नियुक्ती गर्यो, शिक्षा नियमावलीविपरीत भयो भन्ने आरोप लगाएका छन् ।’

भट्टराईका अनुसार भोलि (कात्तिक २० गते) अदालतमा मातृभाषा शिक्षा लागू प्रक्रिया रोक्ने कि नरोक्ने भन्ने अन्तरिम आदेश हुँदैछ । अदालतबाट खबर आएकाले आफूहरु अदालत जाँदै गरेको मंगलबार साँझको कुराकानीमा भट्टराईले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाउँपालिकाका सचिव इन्द्रकुमार नेम्वाङ हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । स.

5 COMMENTS

  1. किन रोक्ने बरु जो पास र उचित शिक्षक हुन्छन् त्यो शिक्षक राखोस न कस्तो गधा हो यो लिम्बू कि गोरु पो हो ह ???

    • 2046_47 saal tira pani loksewa le Nepali ko atirikta bishaigot parichya haruma Nepali ko atirikta other-languages pani lagu garna khojda SC ko Upadhyaya justice le Nepali maatrai garne aadesh diyo.Sad to see this kind of suppression to country’s mother languages in Bahubhaasi bahujati country Nepal. If no teacher how students can learn in local languages.if no budget how gaun palika can hire teachers.if no budget how the local language text books can be made available.Teaching is both science and art. If no budget how the local bodies can provide modern teaching training to teachers.A vicious circle- need to break it so that we could make this a virtuous circle.

  2. यो उजुरिवाला व्यक्ति लै आर्थिक प्रलोवन मा पारेर उजुर गर्न लगाएको हो / यी बिक्षी हरु लै जनता ले कारबाई गर्नु पर्छ /

  3. राम्रो कुरा त कहाँ पच्छ र! देश बिगार्ने र खाने नै यस्तै त हुन नी ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here