काठमाडौं । नेपाली कामदार युनाइटेड अरब ईमिरेट्स (यूएई) निःशुल्क जान पाउने भएका छन् ।
नेपाल र यूएईबीच भएको श्रम सम्झौता सोमबारदेखि कार्यान्वयमा आएपछि नेपाली कामदार निःशुल्क रुपमा यूएई जान पाउने भएका हुन् ।

नेपाल र यूएईबीच श्रम सम्झौता भए पनि प्रक्रिा र लागतबारे यकिन भइसकेको थिएन । सोमबार सम्पन्न दुई देशबीचको संयुक्त कार्य समूहको पहिलो बैठकले प्रक्रिया र लागत टुंगो लगाएको हो ।

सहमतिअनुसार कामदारले अभिमुखीकरण शुल्कका लागि सात सय, कल्याणकारी कोषमा बुझाउनुपर्ने एक हजार पाँच सय रुपैयाँ र उमेरअनुसार हुने बिमा रकमबाहेक अरु कुनै शुल्क तिर्नुनपर्ने भएको छ ।

म्यानपावर व्यवसायीलाई दिने सेवा शुल्कसहित अन्य सबै शुल्क रोजगारदाताले नै बेहोर्ने सहमति भएको छ ।

दुई देशका व्यवसायीले आपसी सहमतिमा सेवा शुल्क लिनदिन पाउनेछन् । तर भुक्तानी बैंकिङ च्यानलबाटै हुनुपर्नेछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here