हुम तमू

पाेखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा समाजवादी पार्टीले इञ्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार घाेषणा गरेकाे छ ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिकाे आइतवारकाे बैठकले कास्कीमा भूपू सैनिक समेत रहेका गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

को हुन् गुरुङ ?

कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १६ रिँजे नासा (रन्जेत गाँउ) अर्मलामा जन्मेका गुरुङ दिप निवासी हुन् ।२४ बर्ष ब्रिटिस सेनाबाट सेवा निवृत्त पश्चात १० बर्ष नेपालमा कम्प्युटर सेल र सर्भिसको व्यवसाय गरेका गुरुङ १५ बर्ष संयुक्त राष्ट्रसंघमा कार्यरत रहेर अबकाश लिए ।

उनी इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल ईञ्जिनियर हुन् । ब्रिटिश सेनामा कार्यरत रहँदा उनले BE अध्ययन गर्ने मौका पाएका हुन् ।

उनले सन् १९७९-८१ मा फानबोरो कलेज अफ टेक्नोलोजी बेलायतबाट डिग्री गरेका थिए । उनले ब्रिटिश सेनामा कार्यरत रहँदा British Empire Medal (BEM) को पदवी पनि प्रिन्स चाल्र्सको बाहुलीबाट प्राप्त गरे । डिग्री र सेनाको पदवीकै कारण उनले संयुक्त राष्ट्रसंघमा सेवा गर्ने अवसर पाए ।

१५ बर्ष राष्ट्रसंघमा उनले Electronics Data Processing (EDP) र Telecommunications Department मा Officer In Charge को जिम्मेवारी लिएर सुरुदेखि कार्यरत रहे । सन् २०१०मा संयुक्त राष्ट्रसंघबाट अवकासपछि विश्वका धेरै मुलुकको राजनीतिलाई नजिकबाट बुझ्दै आएका गुरुङले देशको राजनीति किन अस्तव्यस्त, संवेदनहीन, गैरजिम्मेवार छ भन्ने चिन्ताले एउटा सचेत नागरिक भएका कारणले मुलुकका लागि केही योगदान गर्नुपर्दछ भनी राजनीतिक क्षेत्रमा सरिक भएकाे बताएका छन् ।

उनले विगतदेखि मुलुकको सत्ता संचालन गरिरहेका कम्युनिष्ट, कांग्रेसकै कारण मुलुक दुर्गतिमा पुगेकाे बताए ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here