सुनसरी । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक बर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् ।

इटहरी–१६ कान्छीचौकदेखि बडहरा, डकाहा, पटेरुवा हुँदै जनसहयोग स्कूल जोड्ने बाटोको कालोपत्रे सडक निर्माण शिल्यान्यास गर्दै मेयरले सो कुरा बताएका हुन् ।

इटहरीको गौरवका योजनाका रुपमा संचालित बहुबर्षे योजनाअन्र्तगत यही बर्षमा कालोपत्रे भइसक्ने ११ सडकमध्ये यो एक हो । ११ सडक निर्माण भइसक्दा करिब ३० किलोमिटर बाटो कालोपत्रे हुनेछ ।
मेयर चौधरीले पाँचबर्षे कार्यकालमा ५० किलोमिटर बढी सडक कालोपत्रे गर्ने योजना रहेको सुनाए । पाँच बर्षभित्रमा गाउँका मुख्य बाटोहरु कालोपत्रे भइसक्ने उनको भनाइ छ ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा भइरहेको विकासमा नो कमिसन, नो करप्सनको नीति अवलम्वन गरिएको बताइन् । उनले गाउँका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन गाउँगाउँका सडक कालोपत्रे गर्ने बहुवर्षीय योजना संचालन गरिएको जानकारी दिइन् ।

उनले बहुवर्षे योजनाअन्र्तगत ११ वटा ग्रामिण सडक कालोपत्रे भइसकेपछि नगरवस संचालन गरेर गाउँगाउँका वासिन्दामा यातायातको सहज पहुँच पुर्याउने बताइन् ।

इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरी, १८ का वडाध्यक्ष रामकुमार चौधरी र २० का वडाध्यक्ष मणीराज श्रेष्ठले सम्बोधन गर्दै तीनवटा वडा जोड्ने यो मुलबाटो कालोपत्रे भएपछि ग्रामिण जनताले विकासको अनुभूति गर्ने बताए ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले करिब साढे छ किलोमिटर सडक निर्माण २०७७ मंसिर २९ गतेभन्दा एक दिन पनि पछि नजाने बताए ।

निर्माण कम्पनीका प्रतिनिधि सरोज बस्नेतले असार सम्ममा निर्माण सक्ने गरि काम हुने प्रतिवद्धता जनाए ।

इटहरीमा चालु आर्थिक बर्षमा यो समेत चारवटा वहुवर्षे सडक शिल्यान्यास गरिसकिएको छ । अरु सात सडक पनि चाडै शिल्यान्यास गरिदैछ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here