– बलदीप प्रभाश्वर चाम्लिङ

छठ पर्व पहाडका मानिसले मज्जाले मनाउन शुरू गरिसक्याे । त्यसमा पनि केही आदिवासी लिम्बू, तामाङ, मगर र राईहरूकाे स्त्री/पुरूषले नदिकाे किनारामा लामबद्ध लागेर छठकाे थान बनाएर बसेकाे देख्दा झन् गज्जब लाग्याे ।

सांस्कृतिक अन्तरघुलन हुनु राम्राे हाे । तर याे मनमा प्रश्नहरू ठडिएर आइरहन्छ । पहाडकाे लिम्बूकाे धाननाच र चासाेक तङ्नाम मधेशकाे यादवहरूले मनाउलान् त ? पहाडकाे आदिवासीकाे ल्हाेसार, माघे, साकेला मधेशकाे ठाकुर, महताे, झाहरूले मनाउलान् ? संसारमा गुलाम जातिहरूकाे कुनै पनि कुराहरू अनुकरणी हुँदैन । उसकाे भाषा, धर्म, संस्कृति र लुवाईखुवाईलाई कसैले पनि वास्ता गर्दैनन् । गुलाम जातिकाे संस्कृति मान्दा आफ्नाे हैसियत गिरेकाे तथा हाेच्चिएकाे मनाेविज्ञान हुन्छ । यही मनाेदशाकाे पृष्ठभूमिमा “राजाकाे काम छाडी……काे देवाली” भन्ने उखान अहिले पनि हाम्राे समाजमा रहिआएकाे छ ।

तर शासक जातिले गर्ने जुनसुकै कुरा समाजमा नक्कल गरिन्छ । त्याे गर्नुलाई प्रतिष्ठाकाे विषष मानिन्छ । याे समाजकाे जटिल मनाेविज्ञान हाे । हाे, मधेशीहरू अहिले उदयीमान शक्ति हुन् । शासक जातिमा रूपान्तरण हुँदैछन् । हिजाे कांग्रेस-कम्युनिष्टमा लागेर मधेशीहरू मन्त्री र कर्मचारी हुँदा पनि हेपिएर रहेका थिए । तर आज उनीहरू आफ्नै नेतृत्वदायी राजनैतिक हैसियतमा आएपछि उनीहरूकाे अस्तित्व र पहिचानकाे नक्कल अरूले गर्नु स्वभाविक हाे । यस अर्थमा छठ जुनसुकै जातिले मान्नु ठूलाे कुराे हाेइन ।

मधेशीहरूले आफ्नाे राजनैतिक नेतृत्व यसरी विकास गरे कि बाबुराम भट्टराई र अशाेक राईहरूलाई समेत कार्यकर्ता बनाएर राख्न सक्याे । अर्थात बाहुन र जनजातिले पनि मधेशीलाई नेता मानी सके ।

भाेलि उपेन्द्र यादवले लिम्बुवानकाे पाँचथरमा गएर मैथिलीमा भाषण गर्याे भने त्यहाँका लिम्बुहरूले आफ्नाे भाषा भुलेर मैथिली बाेल्न शुरू गरे अचम्म मान्नु पर्दैन । किनकि आफ्नाे नेताले बाेलेकाे भाषा नै उनीहरूलाई प्याराे लाग्न थाल्छ । महन्त ठाकुरले तामाङ ह्युलकाे रामेछापमा गएर भाेजपुरीमा प्रशिक्षण दियाे भने त्यहाँकाे तामाङहरू आफ्नाे भाषा भुलेर भाेजपुरी बाेल्न थाले अनाैठाे मान्नुपर्दैन । किनकि आफ्नाे नेताले बाेलेकाे भाषा बाेल्नुमा नै आफूलाई गाैरव लाग्छ ।

अनिल झाले काठमाडाैमा गएर हिन्दीमा अन्तरवार्ता दिए हामीलाई हिन्दी भाषा पनि सरकारी कामकाजकाे भाषा बनाउँझै लाग्छ । किनकि आफ्नाे नेताले बाेलेकाे भाषा नै हामीलाई सत्य लाग्न थाल्छ । भाेलि राजेन्द्र महताे साेलुमा गएर पान चपाउन थाल्याे भने त्यहाँका शेर्पाहरूले आफ्नाे छुर्पी भुलेर पान चपाउनमै रमाउन थाल्छ । किनकि आफ्नाे नेताले खाएकाे चिज नै आफूलाई मन पर्छ ।

जाे संघर्षशील भएर शक्तिशाली बन्छन्, उसैले शासन गर्छन् । राजनीतिकाे प्राकृतिक नियम नै यही हाे । निर्धाेहरूले टुलुटुलु हेरेर शासित हुनु बाहेक अन्य विकल्प हुन्न । याे काम आदिवासी दलितहरूले गर्न सक्दैनन् । किनकि उनीहरू “अरूलाई दिनेमात्र तर अरूबाट सियाे पनि नलिने” एक मिथकपात्र बलिहाङका प्रजाहरू हुन् । चाम्लिङकाे फेसबुकबाट

1 COMMENT

  1. God or Debi deuta kunaee jati ra dharma ko hudaeena. Rahyo kura Chath ko surya laee puja garnu galat hoeena. Yesma kasaeele bibad garne kura pani chaeena. So I trust in God. Teskaran chath ahile Anya dharma ka bekti harule manaee rakheka chan.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here