[sharethis-inline-buttons]

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुकाे नाम टुंगो लगाएको छ ।

समाजवादीले कास्की प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको समाजवादी पार्टीकाे केन्द्रीय कार्यकारिणी समिति (पदाधिकारी) को बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

समाजवादीले बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को प्रदेश सभा ‘ख’ मा अशोककुमार विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ ।

दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा ‘ख’ मा डिल्ली डाँगीलाई उम्मेदवार बनाएको छ । यता भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश सभा ‘क’ को उम्मेदवारको नाम टुंगो लाग्न बाँकी छ ।

समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राईले भक्तपुरमा पार्टी समायोजन हुन बाँकी रहेकोले उम्मेदवार टुङ्गाउन अप्ठेरो भएको बताए । तर पुनः कात्तिक २० गते बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले भक्तपुरको उम्मेदवार टुंगो लगाउने उनले बताए ।

समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक कात्तिक २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ । प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवारहरुको नाम टुंगो लगाउने अधिकार केन्द्रीय समितिलाई दिइएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको निर्णय केन्द्रीय समितिमा पेश गरेर निर्णय गराउने तयारी छ । स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाउने अधिकार भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको उपाध्यक्ष राईले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here