-भगवान चाम्लिङ राई

किरात राजा बलिहाङ अत्यन्त लोकप्रिय, धार्मिक, चक्रवर्ती र प्रकृतिप्रेमी थिए । उनी जनप्रिय राजा थिए । एकदिन उनी अस्वस्थ्य भएकाे खबरले देशभरिका सबै जनता शाेकाकुल बने । प्रकृतिले प्रदान गरेकाे जडिबुट्टीजस्ता औषधीहरू किरात युगदेखि नै ज्ञानले भरिएका किरातीहरूले ती औषधीहरूकाे रूपमा प्रयोग गर्न सिकेका थिए । ती जडिबुट्टीलाई गाउँघरमा मुन्दुमविद किरात नछुङहरूले विरामीहरूलाई निको पार्न प्रयोग गर्ने गर्दछन् । ती उपचारको माध्यमबाट बलिहाङको स्वास्थ्यमा सुधार देखा पर्दै आयो ।

किरात राजा बलिहाङ निको हुनुमा अर्को चाखलाग्दो किरात लोकोक्ति पनि छ । जब बलिहाङ सिकिस्त बिरामी थिए । राति यमलोगबाट उनलाई लिन दुतहरू पठाए । त्यसबेला बलिहाङ राजाकाे दिदी सिकिस्त बिरामी भाईलाई पर्खेर बसिरहेकी थिइन् । स्वर्गबाट लिन आएका दुतहरूसँग दिदीले भाईको ज्यानको जाेगाउन डटेर लडिन् ।

अन्तमा, दिदीले भाईलाई बचाउने एउटा उचित उपाय सोँचेर ती दुतहरूसँग प्रस्ताव राखिन् । ल मेरो भाईलाई लाने नै हो भने एउटा सर्तमा लैजाउ । म मेरो भाईलाई फूलमालाले पूज्न पाउनुपर्छ र राम्रो सजाएपछि जब त्यो फूल सुक्छ अनिमात्र तिमीहरूले मेरो भाईलाई लिएर जान सक्छौ भन्ने प्रस्ताव अघिसारेपछि किराती बलिहाङ राजालाई लिन आउने दुतहरू पनि प्रफुल्ल भए ।

फूल ओईलाईहाल्छ अनि लिएर जाने भन्नेमा यो सर्तमा स्वर्गबाट राजा बलिहाङलाई लिन आएका दुतहरू पनि प्रशन्नताका साथ राजी भए । तत्पपश्चात राजा बलिहाङकाे दिदीले यस्तो सुनियोजित जुक्ती गरिन् जुन हतपत नओईलिने मखमली फुलको माला भाईलाई लगाईदिएर पुज्न थालिन् ।

जो नओईलिने मखमली फ़ुलको माला लाईदिएपछि बलिहाङलाई लिन आएका दुतहरूले पर्खदा पर्खदा उज्यालो हुन लाग्यो, तर माला ओईलिएन । उज्यालोको पहिलो प्रचारको संकेत बिहानीको भाले बाँस्यो । हतारिदै स्वर्गबाट बलिहाङलाई लिन आएका दुतहरू बलिहाङको दिदीसँग बाजी हारेपछि रित्तो हात फर्किए । त्यसबेलादेखि बलिहाङ भाईटिका/भाई पुजा चाडको प्रारम्भ पनि भएको हो भन्ने किरात किम्बदन्ती छ ।

(यहाँ अर्को बुझ्नुपर्ने कुराे उहिले हिन्दुहरूले कुखुरा खानु पाल्नु त के छुनु पनि हुँदैन थियो । उनीहरूले खाने भनेको परेवाका बच्चा मात्र हो । त्यसैले किराती बस्तीहरूमा मात्र विहानको भाले बास्थ्याे ।) बलिहाङलाई आफ्नी दिदीले यमलोकबाट लिन आएको दुतहरूसँग बाजी जितेर बचाएपछि आफ्ना शाेकाकुल जनताप्रति आफू स्वास्थ्य हुँदै आएको खुशीको खबर कसरी प्रबाह गर्ने भन्ने उपयुक्त जुक्ति बनाए ।

अहिलेजस्ताे रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन केही थिएन । र किरात राजा बलिहाङ जुक्ति अनुरूप देशभरिका युवायुवतीले बलिहाङ राजा स्वास्थ्य भएको सन्देश देउसी भैलोमार्फत बाँडदै जाने र भोक लाग्दा बलिहाङको हुकुमले गर्दा आएको हामी देउसेभैले भन्दै मग्दै खाँदै देशैभरि घुम्दै जानू भनेपछि सुरू भएको यो चाडलाई पछि हिन्दुधर्मवलम्वीहरूले देशको शासन शक्तिमा पुगेपछि नेपाल हिन्दुराज्य बनाए, आदिवासी चाडहरूमाथि हिन्दुकरण गरे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here