काठमाडौं । सरकारले आगामी मंसिरदेखि ७ सय ५३ वटै स्थानीय तहका सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ ।

छात्राहरुलाई महिनावारी भएको बेला विद्यालय आउन सजिलो होस् भन्ने उद्देश्यसहित सरकारले निःशुल्क प्याड वितरण गर्न लागेको हो ।

सरकारले कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई प्याड दिने तयारी गरेको छ । मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म १५ लाख छात्रा छन् ।

प्याड वितरण गर्नका लागि सरकारले आवश्यक कार्यविधि समेत तयार पारिसकेको छ ।

छात्राहरुलाई प्याड वितरणका लागि डेढ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले चालू आर्थिक वर्षमा प्याड वितरण गर्नका लागि बजेटको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here