हामीले दैनिक व्यवहारमा सुधार गर्न सक्याै भने मिर्गाैला सुरक्षित राख्न सकिन्छ । मिर्गाैला खराब भएर उपचार गर्नुभन्दा पहिल्यै सचेत हुनु राम्राे ।

मिर्गाैला बचाउनका लागि यस्ता सामान्य हाम्रा बानीमा सुधार गर्न सकिन्छ ।

पर्याप्त पानी पिउने – दिनमा ६–८ गिलास पानी अवश्य पिउनुहोस् । पर्याप्त पानी पिउनाले शरीरका विषादी पिसाब हुँदै निस्कन्छ जसले मृगौला स्वस्थ्य रहन्छ ।

नुन कम गर्ने – खानामा नुनको मात्रा कम गर्नुहोस् । नुनमा सोडियम हुन्छ, जसले रक्तचाप बढाउँछ र मृगौलालाई नोक्सान पुर्याउँछ ।

रक्तचापलाई नियन्त्रणमा राख्ने – मधुमेह तथा रक्तचापलाई नियन्त्रणमा राख्नुहोस् । मधुमेह वा रक्तचापका बिरामीलाई किड्नी खराब हुने सम्भावना बढी हुन्छ ।

मसालेदार खाना कम गर्ने – मसालेदार खाना खान क मगर्ने । बढी तेल, बोसो खानाले मृगौलालाई नराम्रो असर पुर्याउँछ ।

धुम्रपान र मद्यपान नगर्ने – स्मोकिङ, रक्सी वा अन्य नशाले शरीरमा टक्सिन (विष)को मात्रा बढाउँछ, जसले किड्नीलाई नराम्रो प्रभाव पार्छ ।

पिसाब नरोक्नुहोस् – कहिल्यै पनि पिसाबलाई राकेर नराख्नुहोस् । पिसाब रोक्ने बानीले किड्नीमा नराम्रो असर पुग्छ ।

औषधी – कुनै पनि औषधी डाक्टरको सल्लाह बिना नखानुहोस् । प्राय सबै पेनकिलर्स र केही एन्टीबायोटिक्स किड्नीका लागि हानिकारक हुन्छन् ।

मोटोपना – तौललाई नियन्त्रणमा राख्नुहोस् । धेरैजसो मोटो व्यक्तिमा मृगौला खराबीको सम्भावना बढी रहन्छ ।

व्यायाम गर्नुहोस् – नियमित व्यायम तथा योग गर्नुहोस्, यसो गर्नाले शरीरमा रगतको चाप सामान्य रहन्छ र मृगौला पनि स्वस्थ्य रहन्छ ।

नियमित स्वस्थ्य जाँच – यदि तपाईले ३५ बर्ष काटिसक्नुभएको छ भने नियमित स्वास्थ्य जाँच गराउनुहोस् । परिवारमा मधुमेह, रक्तचापको इतिहास छ भने नियमित जाँच आवश्यक हुन्छ ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here