काठमाडाैं । किशाेरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सहसहचिव इन्द्रहाङ राई निलम्बनमा परेका छन् ।

उनलाई संगठनले शुक्रबारदेखि लागू हुनेगरी संगठनको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । उनलाई आरआर स्ववियुले यसअघि नै निलम्बलन गरिसकेको छ ।

संगठनका अध्यक्ष ऐन महरले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन आफूहरुले सक्दो सहयोग गर्ने उल्लेख छ ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here