पोखरा । समाजवादी पार्टी कास्कीले आगामी मंसिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा आफ्नाे पार्टीको उम्मेदवारलाई विजयी गराउन ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।

समाजवादी पार्टी कास्कीको बिहीबार सम्पन्न बैठकले जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र टिकाराम पौडेल सअसंयोजक रहेको समिति गठन गरेको हो ।

समाजवादी पार्टी गण्डकी प्रदेशले कास्की क्षेत्र नं २ को उम्मेदवारका लागि धर्मराज गुरुङ, हेमबहादुर थापा र रामबहादुर नेपालीको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

कास्कीको पोखरा महानगरपालिकाको वडा नं ४, ७, ८, ९, ११, १६, १७, २०, २१ र ३३ मा ब्लक ब्लक र वडा वडाका कमाण्डका लागि केन्द्रीय, प्रदेश र तमुवानका नेतहरुलाई जिम्मेवारी दिइएको छ ।

कास्की क्षेत्र नं २ बाट निर्वाचित तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here