काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई करणीको उद्योग गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ को (ङ) अनुसार हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसुर गरेको अभियोगको मागदाबी गरेको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को ९ङ० मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यसकै दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई आधामात्र सजाय हुने व्यवस्था छ ।

महराविरुद्ध सरकारी वकिल कार्यालयले ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here