काठमाडाैं । युवा पुस्तामाँझ सर्वाधिक खोजिने अहिलेका ‘हट केक’ अभिनेता अनमोल केसीसँग स्क्रिन साझेदारी गरेपछि अभिनेत्रीको भाग्य चम्किन्छ भनिन्छ ।

उनीसँग काम गरेका केही अभिनेत्रीको हकमा यो देखिएको पनि छ । अभिनेत्री त्रय साम्राज्ञी आरएल शाह, सुहाना थापा र उपासना सिंह ठकुरी यसका उदाहरण हुन् । तर, सबैको भाग्य कहाँ उनीहरुको जस्तै लेखिएको हुन्छ र !

अनमोलसँग काम गरेर गुमनामझैँ भएका अभिनेत्री पनि छन् । नपत्याए अभिनेत्री अदिती बुढाथोकीलाई नै हेर्नुस् ! फिल्म ‘कृ’ मा उनले अनमोलको अपोजिटमा काम गरेकी थिइन् । इन्स्टाको फोटो हेरेर मेकरले उनलाई फिल्म अप्रोच गरेका थिए ।

रिलिजपूर्व फिल्मले लोभलाग्दो हाइप निर्माण गरेको थियो । फिल्मलाई रिलिज अगाडि नै ‘स्योर सट हिट’ मानिएको थियो ।

तर, फिल्मले हलमा कमाल देखाएन । लगानी ठूलो भएका कारण फिल्मबाट निर्माताले १ करोड नोक्सान बेहोरे । निर्माता सुवास गिरीले यो फिल्मबाट आफू घाटामा रहेको स्वीकार गरिसकेका छन् । निर्माताले नै आफू घाटामा रहेको बताएपछि फिल्मलाई हिटको ट्याग लाग्ने कुरै आएन । फिल्मलाई फ्लपको ट्याग लागेपछि अदिती पनि फ्लप अभिनेत्रीको सूचीमा दर्ज भइन् ।

‘कृ’ गर्नुभन्दा अगाडि उनले भारतमा बसेर मोडलिङ गर्दै आएकी थिइन् । फिल्म सफल नभएपछि उनी पुनः भारत फर्किइन् । त्यसपछि उनले नेपाली फिल्म गरेकी छैनन् । ‘कृ’ पछि अनमोलका दुई फिल्म प्रदर्शनमा आइसके । तर, अदितीले दोस्रो फिल्मसम्म साइन गरेकी छैनन् । फिल्मै अफर नभएको त होइन ? डेढ वर्षसम्म उनले खुसीको खबर नदिनुले यो प्रश्न उठ्नु स्वभाविक हो ।

केही समय अगाडि उनी इन्डियन-अमेरिकन वेब टेलिभिजन सिरिज ‘इनसाइड एज २’ मा अभिनेता विवेक ओबरोयसँग देखिन लागेको चर्चा चलेको थियो । तर, यो सिरिज अहिलेसम्म निर्माण हुन सकेको छैन । यो बनेर प्रदर्शन भएको खण्डमा उनलाई बलिउड छिर्न सहज हुने थियो । तर, उनको सपना पूरा हुने छाँटकाँट देखिएको छैन । आशा गरौं, चाँडै अदितीलाई बलिउड अभिनेत्री भन्न पाइनेछ ।

फिल्मी खबरबाट ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here