अर्जुन जम्नेली राई

मोरङ । सरकारले तेहोरो कर लगाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल १ नम्बर प्रदेश समितिले दोस्राे चरणको आन्दोलन गर्ने घाेषणा गरेकाे छ ।

आज बिहीबार मोरङको पथरीमा पत्रकार सम्मेलन गरि आन्दोलन गर्ने घोषणा गरिएकाे हाे ।

सामुदायिक वनले यसअघि सखुवा र खयर जातको काठ उपभोक्ता भन्दा बहिर बिक्री हुँदा १५ प्रतिशत संघ सरकारलाई बुझाउँदै आएकाे थियाे । संघीय राज्य व्यवस्था सुरु भएपछि १ नम्बर प्रदेश सरकारले साल, खयर बाहेकको काठ बिक्रीमा १५ प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत कर लिने कानुन बनेपछि सामुदायिक वन आन्दोलनला लागेको हो ।

सामुदायिक वनले संघ, प्रदेश र स्थानीय सरकार गरि ४० प्रतिशत कर तिर्नुपर्ने भएपछी वनबाट १५ प्रतिशत एकद्वार प्रणालीमा कार तिर्ने व्यवस्था गर्न महासंघको माग रहेको छ ।

महासंघको प्रदेश, जिल्ला र स्थानीय तहको संयुक्त पत्रकार सम्मेलनमा महासंघको प्रदेश १ अध्यक्ष तुलशी संग्रौला, सचिव अग्नि पौडेल, जिल्ला अध्यक्ष रामकृष्ण राई, पथरीशनिश्चरे नगर अध्यक्ष रविन राई र सामुदायिक वन पदाधिकारीहरु सहभागी रहेका थिए । यश अघि जिल्ला प्रमुख अधिकारी र स्थानीय सरकार मार्फत सरकारलाई ग्यापन पत्र बुझाएका थिए ।

सुनुवाइ नभएपछी दोस्रो चरणको आन्दोलन गर्नु परेको महासंघको प्रदेश सचिव अग्नि पौडेलले बताए । महासंघ प्रदेश समितिको १८ गते बैठक बसेर विराटनगरमा बृहत आमसभा आयोजना गरिने प्रदेश अध्यक्ष तुलशी संग्रौलाले बताए । आन्दोलनसँगै प्रदेशको मुख्यमन्त्री शेरधन राईसँग छलफल भइरहेकोले वार्ता र संघर्षसँगै हुने बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here