–निनाम कुलुङ ‘मंगले’

नेपालमा १२०० मिटरदेखि ३००० मिटरको उचाइसम्म पाइने र अंग्रेजी भाषामा ‘हिमतयालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ भनिन्छ भने हाल प्रचलित नेपाली भाषामा भने आम रुपमा अल्लो भनेर चिनिन्छ । साथै कुलुङ जातिको मातृभाषामा ‘जा–खील’ भनिन्छ । यही जा–खीलको बोक्रा÷रेसाबाट बनेको धागो÷रेसालाई कुलुङ भाषामा ‘जाखिल्मा’ भन्निछ । हालको प्रचलित नेपाली भाषामा भने आम रुपमा अल्लो भनेर चिनिने गरिन्छ ।

नेपालको मेचीदेखि महाकाली सम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरुमा अल्लो पाइने गरेको÷रहेको छ । वन विभाग तथा यससंँग सम्वन्धित संस्थाहरुका अनुसार वार्षिक ३५० मेट्रिक टनभन्दा बढी अल्लोको बोक्राबाट धागो तथा अन्य अल्लोजन्य सरसामानहरु उत्पादन गर्ने गरिन्छ । यसरी उत्पादन भएका अल्लोजन्य सर–समानमध्ये ८० प्रतिशत भन्दा बढी विदेश निर्यात गर्ने गरिन्छ । नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न संघ–संस्थामध्ये एक ‘हिमालयन फाइबर फाउन्डेसन नेपाल’का तत्कालीन अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार यसरी विदेश निर्यात गरिने देशहरुमा बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि रहेका छन् । श्री कुलुङका अनुसार यसरी विदेश निर्यात हुने सर–समानहरुमा बढी जसो लत्ताकपडाहरु हुने गरेको ।

वास्तवमा अल्लाकोे रेसा तथा रेसाजन्य वस्तुलाई नै प्रशोधन तथा उत्पादन गरेर प्रमुख स्रोत अर्थात् म्याटेरियल बनाउने गरिन्छ । यस कार्यका लागि ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’ र ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ लगायतका संघ–संस्थाहरु क्ेही वर्ष अघिसम्म संस्थागत ढंगले नै संलग्न रहेका थिए । मुख्य गरेर हिमालयन नेचुरल फाइवर फाउन्डेसनले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसरी नै अल्लो र अल्लोको रेसा जन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा मेडेप भन्ने संस्थाले पनि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ । अल्लो व्यवसायको दीगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँंग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम संचालन गरिएका छन् । साना तथा घरेलु उद्योग र जिटिजेटको सहकार्यमा रुकुम र रोल्पा जिल्लामा पनि अल्लो प्रवर्दनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनु हुन्छ, ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’का कार्यकारी निर्देशक इन्द्र होनित्ति कुलुङ । कुलुङका अनुसार अल्लोकोे रेसावाट उत्पादित धागो तथा कपडाहरुबाट विभिन्न सामग्री उत्पादन तथा सप्लाई गर्ने संस्थाहरुमध्ये एक ‘निनाम रिदुम जैविक हस्तकला’ ९ल्ष्लबm च्ष्मगm द्यष्य(ज्बलमष्अचबात० प्रमुख हो । उहाँका अनुसार यसबाहेक होम नेट नेपालले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला निर्माण गर्ने र बेच्ने कार्य गर्दछ । अल्लोको रेसावाट बनेका सामग्री बिक्री वितरण गर्ने अकन्य संस्थाहरुमा महागुठी, साना हस्तकला संघ, हस्तकला उत्पादक संघ आदि रहेका छन् ।

समग्र आदिवासीको जीवन शैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्णरुपले प्रकृतिसंँग खेल्दै÷हुर्कँदै आएको जाति हो भन्दा अचम्म नमान्नु होला ! भनी पाठकहरुलाई आग्रह छ । त्यसमा पनि अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जाखिल’ र अल्लोको रेसालाई ‘जाखिल्मा’ भनिछ भन्ने त माथि नै उल्लेख भैसकेको छ । साथै हाल आएर आम नेपालीले अल्लो भनेर चिन्छन् भन्ने चर्चा पनि भैसकेको छ । तर, अल्लोसँग कुलुङ समुदायको घनिष्ठ सम्बन्ध पनि रहेको छ है ! भन्ने त धेरै कमलाई मात्रै थाहा छ, होइन ? यहाँ कसरी अल्लोसँग कुलुङ समुदायको घनिष्ठ सम्बन्ध रहेको छ ? छोटो चर्चा गरिने छ ।

कुलुङ जातिको धर्म भनेको, संस्कार संस्कृति भनेको बितेर गएका आफ्ना पिता–पूर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो । त्यस अन्तर्गत भूमि, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, ताल, पोखरी आदिको पूजा गर्नु पनि हो । बोटबिरुवाहरुको कुरो गर्दा अल्लो (भाँग्रे सिस्नो) कुलुङ जातिको मातृभाषामा ‘जाखिल÷जाखिल्मा’ महत्वपूर्ण र पवित्र बिरुवा हो । किनभने, कुलुङ जातिमा ‘जाखिल्मा÷जाखिल’ परम्परादेखि नै प्रयोग हुंँदै आएको छ । कुलुङ जातिको लोककथामा वर्णन गरिए अनुसार कुलुङ जातिका पूर्खाहरुले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले यही अल्लोे अर्थात् ‘जाखिल÷जाखिल्लमा’को बोट काटेर बोक्रालाई छुट्छयाएर धागो कातेर लुगा बुनेर लगाए ।

त्यस्तै ‘जाखिल÷जाखिल्लमा’बाटै विभिन्न सृङ्गारका सरसामान बनाउने, नाम्लो बुनेर प्रयोग गर्ने, डोरी बाटेर गाई वस्तु बांँध्ने आदि गर्दथे । यो चलन हालसम्म पनि निरन्तर रहेको छ । हुन पनि सोलुखुम्बु र संखुवासभा जिल्लाका कुलुङहरु सन् १९९० सम्म पनि अल्लोको कपडामै निर्भर रहेका थिए भने अझै पनि यी जिल्लाका कतिपय गाउँहरुमा ‘जाखिल÷जाखिल्लमा’बाट बुनेकै कपडाहरु लगाइने गरिन्छ । मुख्य गरेर हाल पनि अल्लोको धागोवाट बुनेको फेंगा (ओन्चे), पगरी (तोङ्रिम्मा), गलबन्दी (पैरिम्) सुरुवाल, पटुका (थाप्री) धोती (वोम्रो), कन्धनी (बुन्छारी) आदि कुलुङ जातिका पुरुषले लगाउने गरेका छन् भने उलुम्मा, लो, लालाचार (लुक्सपा), ओन्चे (फेंगा), तोङरिम्मा (टाउकोमा लगाउने), हेम्बारी (छात्तीमा बांध्ने–जाडोमा, नानी वोक्ने आदिका लागि), ताकिपेम (केश बांध्ने) आदि कुलुङ जातिका महिलाहरुले लगाउने गर्छन् । कुलुङ समुदायको धर्म, संस्कार, संस्कृति आदिमा पनि अल्लो अर्थात् जाखिल÷जखिल्माको महत्व रहेको छ । किनभने, कुलुुङ जातिमा मानिस जन्मेदेखि मृत्युसम्मको कुनै पनि संस्कार, संसकृति र रीतिथितिमा यो अल्लो अर्थात् जाखिल÷जाखिल्माका नभई हुँदैन ।

जस्तै कुलुङ जातिमा बच्चा जन्मीसकेपछि नाइटो काटेपछि अल्लोको धागोले बांँध्ने, अल्लोकै कपडाले बच्चालाई बेर्ने, त्यस्तै अल्लोकै कन्धनी लगाइदिने, अल्लोकै कपडा वा धागोको धुप बाल्ने, अल्लोकै थाङ्नामा सुताउने गरिन्छ । त्यस्तै कुलुङ जातिको मृत्यु संस्कारमा पनि अल्लोको धागो र अल्लोको कपडा अनिवार्य चाहिन्छ । श’भकार्यर पूजा–आजामा पनि अल्लोको धागो र अल्लोको कपडा प्रयोग नगरी हुँदैन । जस्तै कुलुङ जातिले ‘देदाम’ भन्ने ठूलो पूजा गर्दा अल्लोबाट बनेको ‘दक्खु÷दोक्खु’ नामक कपडाको प्रयोग गर्ने गरिन्छ भने, मोबो गर्दा (पूजा थान छोप्ने कपडा) पनि अल्लोबाट बनेकै कपडा प्रयोग गरिन्छ । यसरी हेर्दा अल्लो र कुलुङ जातिको सम्बन्ध अति नै नजिक रहेको देखिन्छ भने हिन्दु धर्म मान्नेहरुले गाईलाई पवित्र माने झैं कुलुङ जातिले पनि अल्लो अर्थात् जाखिल÷जाखिल्मालाई पवित्र वस्तु मान्छन् । फरक के छ भने, राज्यले नै हिन्दुहरुले पवित्र मान्ने जनावर गाई मारे वा काटेमा १२ वर्ष जेल हाल्ने कानुन बनाए झैं (हाल २÷३ वर्ष जेल र केही हजार नगद जरिवाना गर्ने व्यवस्था गरेको भए तापनि मानीय श्रीमानहरुले आपूmखुसी ठूलो परिणाममा नगद जरिवना गर्ने गरेका छन् ।) कुलुङ जातिले अल्लो अर्थात् जाखिल÷जाखिल्मालाई नकाट वा सोको व्यवसायीक खेती नगर ! भनेर कसैलाई पनि वाधा सिर्जना गर्दैनन् रोकटोक गर्देनन् । बरु कुलुङहरु स्वयम्ले अल्लोलाई आय आर्जनको राम्रो र भर पर्दो माध्यम बनाएका छन् ।

यसरी हेर्दा अहिलेसम्म पनि कुलुङ जातिमा नगद आर्जन गर्ने श्रोतको रुपमा कुलुङ जातिको जीवन–चक्र, धार्मिक र संस्कृति कार्यमा आधारित शीप र हस्तकला (अल्लो) जाखिल÷जाखिल्मा नै रहेको छ । त्यसरी नै कुलुङ समुदायको संस्कार संस्कृतिमा पनि अल्लोको महत्वपूर्ण स्थान रहेको छ भन्ने त माथि नै चर्चा भएको छ । हुन पनि मानिस जन्मदेखि मृत्युसम्मको कुनै पनि संस्कारमा यो ‘अल्लो’ (जाखिल÷जाखिल्मा) नभई हुँदैन । नानी (बच्चा) जन्मेपछि नाइटो अल्लोको धागोले बाँंध्ने, कम्मरमा कन्धनी बेर्ने, अल्लोको कपडा वा धागोको धुप बाल्ने, अल्लोको थाङनामा सुताउने गरिन्छ भनी माथि चर्चा भएकै छ । यसरी नै मृत्यु संस्कारमा अल्लोको धागो र अल्लोको कपडा आवश्यक पर्दछ । पूजा–आजामा पनि अल्लोको धागो, कपडा प्रयोग गरिन्छ भनी चर्चा भएकै छ ।

ninamkirat123@gmail.com

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here