खोटाङ । खोटाङको दिक्तेलबाट धरान जाँदै गरेको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० स्थित कामीडाँडामा बुधबार विहान दुर्घटनामा पर्दा हुँदा सातजना घाइते भएका छन् । दुई जना गम्भीर घाइते भएका छन् ।

को १ ख ६३२० नम्बरको उक्त बसमा चालकसहित १५ जना थिए ।

बस दुर्घटना भएपछि चालक फरार भएका छन् । प्रहरीले चालकको खोजी गरिरहेको छ ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

तस्बिरः नमस्ते खाेटाङ
तस्बिरः नमस्ते खाेटाङ

तस्बिरः नमस्ते खाेटाङ

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here