तस्बिरः आतिश मिश्र

जनकपुर । एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल लोक स्टार’को छैठौं स्थानबाट बाहिरिएका रविराज साहलाई प्रदेश नं २ सरकारले सम्मान गरेको छ ।

बुधबार प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रविराजलाई खाँदा लगाएर सम्मान गरेका हुन् ।

नेपाल लोक स्टारमा रविराजले मैथिली र भोजपुरी भाषाका गीतहरु प्रस्तुत गरेका थिए । जसले मिथिला संस्कृति र संगीतको प्रचारमा सहयोग पुगेको र प्रतियोगिताको छैठौ स्थानसम्म पुगेर जनकपुरको नाम उचो बनाएको भन्दै उनलाई सम्मान गरिएको हो ।

तस्बिरः आतिश मिश्र

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here