काठमाडाैं । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले दशैँ भाइचारा र मित्रताको चाड भएको बताएका छन् ।

काठमाडौँस्थित नेपाः ब्यान्क्वेटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दशैँको तिथिमा नै नेवाः समुदायले हजारौँ वर्ष अगाडीदेखि ‘मोहनी’ चाड मनाउने बताए ।

त्यस्तै नेता श्रेष्ठले देश धर्मनिरपेक्ष भइसकेपछि पनि कम्युनिष्ट शासकहरूले समेत दशैंलाई राज्यधर्म बनाउन खोजेकोमा आपत्ति जनाए । उनले केही वर्षअघिदेखि देशको राष्ट्रपतिले जनतालाई घुँडा टेकाएर दशैँमा टीका लगाईदिनु ‘राजसी शैली’ भएको बताउँदै यसले बडामहारानीको झल्को दिएको बताए ।

उनले भने, ‘सङ्घीय गणतन्त्र नेपालमा सामन्ती महाराजको शैलीमा टीका ‘बक्सने’ काम देशको राष्ट्रपतिलाई सुहाउँदैन ।’ उनले गत वर्ष प्रधानमन्त्रीले समेत टीका लगाउन उर्दी जारी गरेको स्मरण गर्दै भने, ‘प्रधानमन्त्रीले दशैंमा सर्वसाधारणलाई लाइन लगाएर टीका लगाउने काम पञ्चायतमा समेत थिएन ।

सेना, प्रहरी र कर्मचारी लगायतका राष्ट्रसेवहकरूलाई उर्दी जारी गरेर टीका ‘बक्सने’ काम कम्युनिष्ट प्रधानमन्त्रीलाई सुहाउँदैन उनले भने ।

उनले आफ्नो पार्टीले समानुपातिक समावेशीकरणसहितको सङ्घीयता चाहेको हुँदा जनताले साथ दिने बताउँदै समाजवादी पार्टीको स्थापनाले एकल जातीय ढङ्गले राज्य चलाइरहेका पुराना पार्टीहरूको आशन हल्लिएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here