काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा यसपालिको दसैंमा दाङ र रोल्पा जाने तयारीमा थिए ।
तर, आफूमाथि जबरजस्ती करणीको आरोप लागेपछि बाध्य भएर सभामुखबाट राजीनामा दिएका महराका लागि यसपालिको दसैं साह्रै खल्लो भइरहेको होला ।

राज्यको पाँचौ तहको बरियतामा रहेका महराको सभाभुख पद खुस्किएपछि उनको परिवारको सदस्यहरुको पनि दसैं नरमाइलो भएको छ ।

महराले भने अहिले बालुवाटारको सरकारी भवन छोड्ने तयारी गरिरहेका छन् । तर उनले डेरा भेटाएका छैनन् । काठमाडौंमा उनले निजी घर पनि बनाएका छैनन् ।

भनेको बेला डेरा नभेट्टाउँदा झन पछुतो मान्दै सरकारी भवनको कोठाभित्र बसिरहेका महरामाथि सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रहार गरिरहेका छन् ।

भट्टराईले महरा प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्नुपर्ने भन्दै उक्त घटना फासफुस पो होला कि ? भन्ने चिन्ता व्यक्त गरेका थिए केही दिनअघि ।

महराविरुद्ध कुनै उजुरी नपरेको भन्दै प्रहरीले अनुसन्धान अघि नबढाएको बेला यता भट्टराईले ट्वीट गर्दै ‘नत्र जनस्तरबाट छानबिन गर्न’ प्रस्ताव गरेका छन् ।

‘पाँच दिनसम्म यसबारे किन छानबिन प्रक्रिया सुरु भएको छैन ?,’ भट्टराईले ट्वीटमा उल्लेख गरेका छन्, ‘दुई तिहाई सरकार किन कुम्भकर्णे निद्रामा छ ? छिटो उच्चस्तरीय स्वतन्त्र निष्पक्ष छानबिन होस् र कानुनी प्रक्रिया अघि बढोस् । महराले त्यसमा पूर्ण सहयोग गरुन् । नत्र जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापित गरौ । लोकतन्त्रको रक्षा गरौ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here