तस्बिरः हाम्राकुरा डटकम

काठमाडौं । प्रहरीले मंगलबारदेखि ‘कृष्णबहादुर महरा प्रकरण’मा अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले मंगलबार दिउँसो काठमाडौंको तिनकुनेस्थित जबरजस्ती करणीको शिकार भएकी भनिएकी महिलाको कोठाबाट रक्सीको बोतल, कपडा र अन्य प्रमाणका सामान बरामद गरेको छ ।

प्रहरीले सिटि भिटी फुटेजहरुसमेत संकलन गरी अनुसन्धान थालेको हो ।

संसद सचिवालयमै नर्सको रुपमा कार्यरत ती महिलाले महराले आफूलाई जबरजस्ती करणी गरेको दाबी गरेकी छन् ।
सो पछि महराले बाध्य भएर सभामुखको पदबाट राजीनामा दिएका छन् ।

आफूमाथि लागेको गम्भीर आरोपको छानबिन गर्न सहज होस भनेर राजीनामा दिएको महराले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

खासमा नेकपाको सचिवालयको आकस्मिक बैठकले नै महरालाई सभामुख र संसद दुवैबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रहरीले बरामद गरेको रक्सी महराले नै आफ्नाे कोठामा खानका लागि ल्याएको ती महिलाको कथन छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here