काठमाडौं । दसैं आदिवासी जनजातिहरुको चाड हो कि होइन ? भन्ने विषयमा आदिवासी अगुवाहरुबीच नै मत विभाजन भएको छ ।

‘इन्सिट्युट फरम सोसियो कल्चरल सिरर्च एन एनालिसिस’ले आइतबार काठमाडौैंमा आयोजना गरेको कार्यक्रममा दसैंबारे आदिवासी अगुवाहरुको मत बाँझिएको हो ।

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग प्रमुख तथा मानवशास्त्री डा डम्बर चेम्जोङले दसैं शक्ति र सत्तासँग सम्बन्धित भएको हुँदा दसैंको सांस्कृतिक महत्व नभएको बताए ।

उनले भने, ‘जुन जुन लिम्बूहरुले दसैं मनाए, उनीहरु सत्ता र शक्तिसँग नजिक थिए । त्यसैले उनीहरुले सत्ता रिझाउनका लागि दर्सै मनाएका थिए । तर अहिले उनीहरुको भूमि र सत्ता खोसिएको हुँदा यो प्रचलन पनि छैन ।’

थारु अगुवा डा कृष्णराज सर्वहारीले भने दसैं थारुहरुको सामाजिक सांस्कृतिक विषयसँग जोडिएको हुनाले दसैं बहिष्कार गर्न नसकिने बताए ।

‘दसैंमा सबैले रामलाई पुजा गर्छन् तर थारुहरुले रावणलाई पुजा गरेर परम्परागत रुपमा दसैं मनाउँछन्,’ उनले भने, ‘दसैंमा गुरुवावालाई पुजा गरिन्छ । दुर्गा पुजा गर्ने हाम्रो चलन छैन । यसकारण दसैं बहिष्कार गर्ने हो भने गुरुबाबा पुजा गर्ने, बडघर भल्मन्छा जस्ता परम्परा मासिन सक्छ ।’

संस्थाका कार्यक्रम संयोजक नवराज लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा अनुसन्धानकर्ता मनकुमारी ठाडा मगरले दसैंबारे आफ्नाे विचार राखेकी थिइन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here